समाज

यस्तो छ यस वर्ष विपद्‌ आंकलन र सामना पूर्वतयारी

गत वर्ष असार २९ गते सिन्धुपाल्चोकको लिदीमा बस्तीमाथि खसेको पहिरो।
जेठ २३, २०७८

    काठमाडौं : राष्ट्रिय विपद्‌ जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष विपद्‌ सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ।

    प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपद्‌हरू बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल शुरू गरेर तयारी थालेको बताएका छन्। कोभिड संक्रमण जोखिम शहरबाट गाउँ-गाउँसम्म पुगेको अवस्थामा उद्धारमा खट्ने जनशक्तिलाई संक्रमण हुनबाट कसरी बचाउने भन्न चुनौती रहेको प्रमुख पोखरेलले बताए।

    विपद्‌मा उद्धार व्यवस्थापन गर्न पहिलो पक्ष स्थानीय सरकार भएकोले र अहिले स्थानीय सरकारहरूले विपद्‌पूर्वको काम गरिरहेको पनि प्रमुख पोखरेलले बताए।  सरकारले विपद्‌को समयमा खट्ने वर्गको पहिचान गरी खोप लगाउन सके काममा सहज हुने उनको भनाइ छ। 

    ‘मुख्यगरी संघीय सरकारका सबै मन्त्रालयहरूले गर्नुपर्ने तयारीहरू, उदाहरणका लागि सिँचाइ मन्त्रालयले यसको लागि तार जालीहरू हुनसक्ला, तारबार हुनसक्ला त्यस्ता खालका चिजको स्टक अझै राखिराख्ने। मुख्य बाढी आउने ठाउँहरू कहाँ कहाँ हुनसक्छन् : त्यो जिल्लाहरूमा त्यहाँका कार्यालयहरूमा अहिले नै यसलाई परिचालन गरेर राखिराख्ने गर्नुपर्छ,' उनले भने, 'गृह मन्त्रालयले लजिस्टिक क्लस्टरका लागि चाहिने सामग्री र उपकरणहरू तयार राख्ने, प्रदेशमा रहेका गोदाम घरहरूमा टेन्टदेखि लिएर सबै उपकरणहरू त्यहाँ लगेर स्टक गरिराख्ने, बन्दोबस्त गरिराख्नेसम्म तयारी भइरहेको छ।'

    उनले थपे, 'त्यसको परिचालन गर्ने काम हुन्छ। त्यो सँगसँगै हामीले यो वर्ष पहिरोको लागि प्रभावमा आधारित पूर्व सुचना प्रणाली शुरूवात गर्दैछौँ, हामीले नौवटा नेपालका पहिरोका उच्च जोखिम भएका जिल्लाहरूमा बाढीको पूर्वानुमान, त्यसैको अनुमानको सिकाइका आधारमा प्रभावलाई स्थानीय समुदायमा, जिल्लामा त्यहाँका मिडियाहरूमा रेडियो, एफएमबाट कसरी यसलाई प्रसारण गर्न सकिन्छ भनेर स्थानीय पालिका, जिल्ला, प्रदेश सरकारसँग मिलेर हामीले पहिरोको सुचना प्रणालीमा पनि हामीले काम गर्दैछौँ। यो सबै काम गर्न हामीले सुरक्षा निकाय : मुख्यगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना समेतको संयुक्त कार्ययोजना बनाएर सबैको आआफ्नो कार्ययोजना बनाएर त्यसलाई समष्टि गरेर त्यसको आधारमा हामीले कार्ययोजना बनाई लागू गर्ने हिसाबले हामी जान्छौँ।’

    विपद्‌मा उद्धारमा खट्ने फ्रन्टलाइनर्सहरूलाई कोभिड-१९ विरुद्धको खोपको व्यवस्थापन गर्नेबारे सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको पनि उनले जानकारी दिए।

    उनले भने, ‘यसको लागि पोहोर सालदेखि नै हामीले शुरूवात गरेका थियौँ। रेस्पोन्डर्सहरूलाई कसरी सुरक्षित राख्ने,  पीपीई, डिसइन्फेक्शन गर्ने प्रणालीहरू, त्यो प्राटोकलहरू पालना गर्नुपर्छ। सुरक्षा निकायले प्रोटोकल अनुसार गर्ने र नेपाल रेडक्रसका स्वयम्‌सेवकलाई पनि हामीले यो प्रोटोकल बारे जानकारी गराएका थियौँ। त्यही अनुभवलाई हामीले यो वर्ष पालना गर्नुपर्ने हुन्छ। यसवर्ष हामीले स्वास्थ्य मन्त्रालयसँग फ्रन्टलाइनर स्थानीय पालिकामा हुने स्वयंसेवी, रेडक्रसका स्वयंसेवक, सुरक्षाकर्मी जसले विपद्‌मा उद्धारकर्ताको काम गर्नुहुनेछ, उहाँहरूलाई खोपमा प्राथमिकता दिने कुरामा स्वास्थ्य मन्त्रालय र विभिन्न मन्त्रालयसँग समन्वय गरेर तयारी गर्दैछौँ।’

    यस वर्ष विपद्‌का घटना बढ्नसक्ने सम्भावना रहेको भन्दै उनले जोखिम कम गर्ने सम्बन्धमा पूर्वतयारी थाल्न पनि सबैसँग आग्रह गरेका छन्‌।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]