फिचर : फोटो फिचर

सरकारले सहुलियत दिएपछि साल्ट ट्रेडिङमा खाद्यान्न किन्नेको भीड (फोटो फिचर)

जेठ २३, २०७८

    काठमाडौं : सरकारले निषेधाज्ञा अवधिभर सहुलियत रुपमा  खाद्यान्न सामग्रीको बिक्रि वितरण गर्ने व्यवस्था गरेको छ। जसअनुसार यतिखेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट २० प्रतिशत छुटमा चामल, पीठो, दाल, खानेतेल, चिनी तथा खाना पकाउने ग्यास विक्रि वितरण गरिरहेको छ।

    सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत राहत सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम अन्तर्गतको  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट विक्री हुने चामल, खाद्यान्न नून, तेल, चिनीसहित खाना पकाउने एलपी ग्यासमा निषेधाज्ञाभर २० प्रतिशत छुट दिने घोषणा गरेको थियो।

    होमडेलीभरीको व्यवस्था हुन नसक्दा कोरोना संक्रमणको उच्च जोखिममा पनि सम्बन्धित ठाउँमा उपभोक्ता खाद्यान्न किन्न पुग्नु परेको छ। अहिले साल्ट ट्रेडिङमा खाध्यान्न किन्नेको भीड छ। एउटा सामान लिनलाई पनि घण्टौंसम्म लाइनमा बस्नुपरेको उपभोक्ताको गुनासो छ।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]