तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ। गएराति साढे...
पर्सा : केही दिनदेखि कोरोना संक्रमण दर ओरालो लागेपछि वीरगञ्जमा निषेधाज्ञाबीच मानिसको चहलपहल बढ्न थालेको छ।
दोस्रो लहरको कोरोनाले थलिएको वीरगञ्ज बजार क्षेत्र केही दिनअघिसम्म सुनसान थियो। अस्पताल क्षेत्रमा मात्र मानिसको अलि बढी चहलपहल देखिन्थ्यो। तर, पछिल्ले २⁄३ दिनदेखि मानिसको उपस्थिति बढेको छ। बजार क्षेत्रका पसलहरु पनि बाहिरबाट सटर बन्द देखिए पनि साइडबाट खुलेको पाइन्छ।
पछिल्ला केही दिनयता मानिस आवातजावत बढेको ड्यूटीमा खटेका सुरक्षाकर्मीले पनि स्वीकारे। दोस्रो लहरको कोरोनाले गाँजेर हटस्पट भएको वीरगञ्ज क्षेत्रमा एक साता यता परीक्षण गरिएकामध्ये २० प्रतिशतभन्दा कममा मात्र संक्रमण देखिएको छ। यो थाहा पाएर पनि सर्वसाधारणको बजार क्षेत्रमा सलबलाहट बढेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।