‘बिनायो कङकङ, बिनायो कङकङ ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्रा...
काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीले एकताका लागि अन्तिम प्रयास गरेको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता बाँस्कोटाले भनेका छन्, ‘अब के भने नि बस्नेलाई श्री सम्पत्ति जिम्मा जानेलाई दुई-तीन मुठ्ठी सातुको बाटो खर्च साथ विदा।’
उनले आफ्नै भएकोले माया लाग्ने पनि बताएका छन्। उनले लेखेका छन्, ‘के गर्नु? आफ्नै हुन माया लाग्छ। राष्ट्रकवि माधव घिमिरेको गौरी शोक काब्यमा जस्तै बनाए। यी हाँसे पनि रोए पनि बुढालाई पीरै पीरमा राख्ने भए। लास्ट प्रयास! पारिवारिक मिलनको नत्र बाक्लो दाल खाउ।
एकताकाे अन्तिम प्रयास स्वरुप एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति विज्ञप्ती जारी गर्दै आफू एकताकै पक्षमा रहेकाे बताएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।