राजनीति

प्रदेश १, २ र कर्णाली प्रदेशसभा बैठक आजदेखि सुरु हुँदै

जेठ २४, २०७८

    काठमाडौं : प्रदेश १ दुई र कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ। 

    प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। बजेट अधिवेशन सुरु हुनु एक दिन अघि आइतबार नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारबाट बाहिरिएको ५ महिना पछि समर्थन फिर्ता लिएको छ।

    असार १ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट पेस हुनु १५ दिन अगाडि संसदमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत ऐन संशोधनपछि आह्वान गरिएको बजेट अधिवेशन आज सोमबार दिउँसो २ बजे बस्दैछ।

    ९३ सांसद रहेको प्रदेशसभामा हाल ९२ सदस्य छन्। जसमध्ये एमालेका ५१, नेपाली कांग्रेसका २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन्।

    प्रदेश २ प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक आज बस्ने भएको छ। प्रदेश २ सरकारले प्रदेशसभाको चालु पाँचौं अधिवेशन अन्त्य गर्दै सोमबार बजेट अधिवेशन आह्वान गरेको हो। 

    प्रदेशसभा सचिवालयका निमित्त सचिव रञ्जित यादवका अनुसार सोमबार बस्ने बैठकमा दलका नेताहरूले शुभकामना दिने र त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आव २०७८–०७९ को लागि तयार गरिएको पूर्व बजेटको टेबुल गर्ने कार्यसूची रहेको छ।

    प्रदेश सरकारले आर्थिक वर्षको बजेट असार १ गतेभित्र पेस गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ। त्यसैगरी सरकारको आव २०७८-०७९ को नीति तथा कार्यक्रम सोमबार बस्ने प्रदेशसभा बैठकमा पूर्व–बजेट छलफलपछि मात्र संसदमा प्रस्तुत हुने भएको छ। जसअनुसार प्रदेश सरकारले जेठ २७ गते नीति तथा कार्यक्रम ल्याउने जनाएको छ।  बजेट अधिवेशन सुरु हुनु एक दिन अघि मुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई बर्खास्त गरेका छन्। 

    भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारबाट बर्खास्त भएका हुन्।

    जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई मुख्यमन्त्री लालबाबु राउतले आइतबार अबेर राति हटाएका हुन्। केन्द्रमा भएको विवादले जसपाको ठाकुर पक्षलाई बर्खास्त गरेर कांग्रेस सँग मिलेर सरकार बनाउने तयारी गरेको छ। 

    यस्तै कर्णाली प्रदेशसभा बैठक दिउँसो दुई बजे बस्दैछ।  सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ।

    यसका अलावा सरकारले जारी गरेको आर्थिक अध्यादेश प्रस्तुत गर्ने, दलका नेताहरुले सम्वोधन गर्ने कार्य सूची तय भएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]