राजनीति

प्रमुख सचेतकबाट हटाइए खड्का, दुर्गालाई जिम्मेवारी

जेठ २४, २०७८

    धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिमको प्रमुख सचेतकबाट लालबहादुर खड्कालाई हटाइएको छ। 

    खड्कालाई हटाउँदै एमाले संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी विकलाई दिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

    प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी विकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए। 

    यसअघि एमाले संसदीय दलले तत्कालीन प्रमुख सचेतक तारा लामा तामाङलाई हटाएर लालबहादुर खड्कालाई नियुक्त गरिएको थियो। तर उनी सामाजिक विकासमन्त्री बनेपछि पार्टीकी सचेतक समेत रहेकी विकलाई प्रमुख सचेतकको काम कारबाही हेर्ने गरी जिम्मेवारी दिइएको एमाले संसदीय दलले जनाएको छ।

    तामाङलाई कार्यव्यवस्था परामर्श समितिबाट पनि हटाइयो

    एमाले संसदीय दलले प्रदेशसभा सदस्य तारा लामा तामाङलाई प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यबाट समेत हटाएको छ। हालै पार्टीको तत्कालीन प्रमुख सचेतकबाट जिम्मेवारीमुक्त गरिएका तामाङलाई कार्य व्यवस्था परामर्श समितिको सदस्यबाट हटाइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

    प्रदेशसभा सचिवालयका सचिव धामीले तामाङको ठाउँमा अहिले प्रमुख सचेतकको जिम्मेवारी दिइएकी विकलाई सदस्य बनाइएको जानकारी प्राप्त भएको जनाए।
    उनका अनुसार कार्य व्यवस्था परामर्श समितिबाट अर्चना गहतराजलाई पनि हटाइएको छ। गहतराज राज्यमन्त्रीमा नियुक्त भएका कारण उनको ठाउँमा प्रदेशसभा सदस्य अमरबहादुर साउदलाई ल्याइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]