काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ बस्ने ३० वर्षीय हेमन्त विकलाई लागूऔषध ब्र...
काठमाडौं : निषेधाज्ञाको समयमा दिउसो सामान बेच्ने कोटेश्वरको भाटभटेनी सुपर मार्केटका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दिउसो सामान बिक्री गरिरहेको अवस्थामा म्यानेजर सागर गुरूङलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी सहितको टोलीले अनुगमनका क्रममा दिउसो सामान बिक्री गरेको भेटाएपछि म्यानेजर गुरूङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा खटिएको प्रहरी सहितको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बस्नेतले बताए। ‘निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको हो’ बस्नेतले भने,‘बाहिर मूल गेटमा ताला लगाइएको थियो। तर साइडमा अर्को ढोकाबाट ग्राहक भित्र पसाउने काम गरेको भेटिएपछि नियन्त्रणमा लिएका हौं।’
उनले गुरूङलाई निषेधाज्ञा उलंघनको कसुरमा कारबाही हुने बताए। निषेधाज्ञाको अवधिमा बिहान ९ बजे सम्म मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न पाइने ब्यवस्था प्रशासनले गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।