समाज

खोलाले बगाउँदा बाबुछोराको मृत्यु

साउन ५, २०७३
    • भूपाल थापा

कपिलवस्तु : कपिलवस्तुमा खोलाले बगाउँदा बाबुछोराको मृत्यु भएको छ। कपिलवस्तुको भृकुटी नगरपालिका-८ कुमालटोलका ५९ वर्षीय बाबु ताराबहादुर खड्का र २९ वर्षीय छोरा दुधमान खड्कालाई स्थानीय गुडुरुवा खोलाले बगाउँदा मृत्यु भएको हो।  

मानसिक सन्तुलन गुमेका छोरा दुधमानले बाबुसँग झगडा गरेपछि खोलामा हामफालेको प्रत्यक्षदर्शीले बताएका छन्। छोरालाई बचाउन बाबु ताराबहादुर पनि खोलामा हामफालेका थिए। 

तर, खोलाको भेलले दुवै बाबुछोरालाई बगाउँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका असई निर्मल बुढाथोकीले जानकारी दिए। बेपत्ता बाबु र छोराको शव फेला परेको जनाइएको छ।

मृतक बाबुछोराको शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल तौलिहवा लैजाने तयारी गरिएको प्रहरीको भनाई छ। 

बेपत्ता बाबुछोराको खोजीका लागि कालिजंग गणका नेपाली सेना र इप्रका गोरुसिंगेका प्रहरी परिचालन गरिएको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]