काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार क्षेत्रमा विकृति बढ्दै गएकोमा चिन्ता प्रकट गरेका छन्। बुधबार सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले अनलाइन मिडियाका कारण सञ्चारमाध्यममा विकृति बढ्दै गएकोमा चिन्ता प्रकट गरेका हुन्।
प्रेस स्वतन्त्रताका नाममा अनलाइनले मर्यादाको सीमा नाघेकोमा उनले दुखेसो पोख्दै त्यसको न्युनीकरणका निम्ति समितिले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले समितिले तयार पारेको प्रतिवेदनले देशको आमसञ्चार क्षेत्रका विकृति न्यूनीकरणका विषय समेटेको विश्वास व्यक्त गरे। उनले प्रतिवेदन मिडियाको विकासका लागि मार्गदर्शक बन्नुपर्नेमा जोड दिए।
‘तपाईँहरुले तयार पारेको प्रतिवेदनले समुचित विकासको ढोका खोल्ने र सञ्चारको पहुँचलाई मर्यादित, विश्वसनीय र जिम्मेवार बनाउन मद्दत गर्छ भन्ने मैले विश्वास लिएको छु’, प्रधानमन्त्रीले भने। काशीराज दाहाल अध्यक्ष रहेको समितिले ५ महिनामा तयार गरिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।