एजेन्सी : राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) मा कीर्तिमानी जित हासिल गरेको छ। जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहास...
जेष्ठ- च्याम्पियन्स लिग फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । हिजो राति भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टी सुट आउटमा ५-३ पराजित गर्दै रियल च्याम्पियन बन्न पुगेको हो ।
निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टीमा गएको थियो । रियलको यो ११ औं उपाधि हो ।
रियल म्याड्रिडले १५ औं मिनेटमा सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । खेलको ४८ औं मिनेटमा एट्लेटिकोले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टीलाई एन्टोनिओ ग्रिजम्यानले गोलमा परिणत गर्न सकेनन् । उनको लेफ्ट फुट सट बारमा लागेर फर्केको थियो । खेलको ७९ औं मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्काउन सफल भयो ।
१-१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा रियलले एट्लेटिकोलाई ५-३ को गोल अन्तरले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुम्न पायो । रियल म्याड्रिडका लागि क्रिष्टियानो रोनाल्डोले विजयी पेनाल्टी गोल हानेका थिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।