काठमाडौँ : राष्ट्रिय राजनीतिमा भीम रावल एउटा चिरपरिचित नाम हो। राष्ट्रिय हित प्रतिकूलका मुद्दामा खरो रुपमा उत्रिने छवि बनाएका उनी...
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले परम्परागत संसदीय पद्धतिको फोहोरी खेल संसदमा सुरु भएको बताएका छन्।
आफ्नो दलको साङ्गठनिक कामले महोत्तरीको बर्दिबास आइपुगेका डा. भट्टराईले बिहीबार बिहान सञ्चारकर्मीसँगको कुराकानीमा सरकार बनाउने र ढाल्ने गलत परम्पराले स्थिर सरकार बन्न नसक्दा विकास कार्य अस्तब्यस्त हुने गरेको बताए।
‘हाम्रोजस्तो मुलुकमा स्थिर र जनमुखी सरकारका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हुनुपर्ने हाम्रो भनाइको औचित्य संविधान घोषणाको नौ महिनामै पुष्टि भयो’, डा. भट्टराईले भने।
‘वर्तमान सरकार जनतालाई सुशासनको अनुभूति दिन, भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन र बैदेशिक सम्बन्ध सुमधुर र सन्तुलित राख्न असफल त भएकै हो’, डा. भट्टराईले अगाडि भने, ‘तर, यसलाई ढाल्न उदधृत दलसँग पनि मुलुक सञ्चालनको स्पष्ट खाका भने छैन।’
पछिल्लो पटक देखिएको अविश्वास प्रस्ताव अमुक/अमुक दलको सत्ता चढ्ने भर्याङ रङ्गमञ्चमात्र रहेको डा. भट्टराईको भनाइ छ। मुलुकको अहिलेको आवश्यकता आर्थिक समृद्धि रहेको बताउँदै डा. भट्टराईले आफ्नो अभियान यही अभिष्ट प्राप्तिमा केन्द्रित रहेको दाबी गरे।
पार्टीका नेताहरु देवेन्द्र पौडेल, रामचन्द्र झा र महेन्द्र पासवानसहित बुधबार राति बर्दिबास आइपुगेका डा. भट्टराईको बिहीबार बर्दिबासमा पार्टी कार्यालयको उद्घाटन गर्ने, विभिन्न क्षेत्रका ब्यक्ति ब्यक्तित्वसँग भेटवार्ता गर्ने र अपराह्न प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो दलका महोत्तरी संयोजक कौशलेन्द्र शर्माले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।