काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीसम्बन्धी छानबिन गर्न समिति बनाउनु पर्ने बताएका छन्। आज बिहान फ...
काठमाडौं : बिहीबार बिहान ११ बजे बोलाइएको संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
अविश्वास प्रस्ताव वा बजेट सम्बन्धी विधेयक कुन पेश गर्ने भन्ने विषयमा प्रमुख दलहरु सहमतिमा नपुगेपछि बैठक ३ घण्टा पछाडि सारिएको हो। संसद सचिवालयले विशेष कारण भन्दै बैठक सारिएको सूचना टाँसेर जानकारी दिएको छ।
११ बजे बोलाइएको संसद बैठकअघि सहमति जुटाउन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता र सभामुख ओनसरी घर्ती छलफलमा जुटेका थिए। यो बैठक पनि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।