समाज

मुखमा कालोपट्टी बाँधेर ६०१ 'सांसद' बानेश्वरको सडकमा

साउन ६, २०७३

    काठमाडौः बिहीबार बिहान करिब साढे १० बजे केही युवा बानेश्वरको एभरेस्ट होटल अगाडि लाइन लागे। उनीहरु आउनुपूर्व नै प्रहरीले निषेधित क्षेत्र तोकेर काँडेतार तेर्स्याइसकेको थियो।

    सहभागीको संख्या बढ्न थाल्यो। उनीहरुले मुखमा कालो पट्टी बाँधेका थिए। ‘म सांसद हुँ, मेरो मौनताले बेथितिलाई बल दिएको छ’ लेखिएका पर्चा उनीहरुले छातीमा टाँसेका थिए। सार्वजनिक चासोका विषयमासांसदहरुको मौनताले बेथिति बढेकोमा उनीहरु व्यंग्य गर्दै थिए।

    'तपाईँ त उपचार गर्न विदेश जानुहुन्छ, तपाईँका क्षेत्रका जनता नि?' लेखिएका पम्पलेट देखाएर उनीहरु सांसदलाई व्यंग्य गर्दै थिए। एभरेस्ट होटल अगाडिबाट सुरु भएको मौन जुलुस बिजुलीबजारको पुलसम्म पुग्यो।

    यी युवा चिकित्सा क्षेत्रका बेथिति अन्त्यको माग राखेर त्रिवि शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा सडकछेउ उभिएर मौन जुलुसमा सहभागी भएका थिए।

    ‘मौन ६०१’ कार्यक्रमको आयोजना'सोलिडारिटी फर डा. केसी' नामक समूहले गरेको थियो। डा. केसीअनसन बसेको १२ दिन बितिसक्दा पनि संसद मौन रहेको भन्दै प्रदर्शन गरेको एकजना अभियन्ता डा. सागर पोखरेलले बताए।

    मौन जुलुस चलिरहँदा सांसदका गाडी हर्न बजाउँदै सडकमा गुडिरहेका थिए। जुलुस भएकै बाटोबाट संसदहिँडेका सांसदलाई समेत उनीहरुले पर्चादिँदै थिए।

    मौन जुलुसका सहभागीले डा. केसीले उठाएका माग सम्बोधन गर्न दबाब दिन सभामुख ओनसरी घर्तीमगरलाई #IamWithDrKC Why Silent? अर्थात 'म डा. केसीको पक्षमा छु। तपाईँ किन मौन?' लेखेर मोबाइलमा सामुहिक एसएमएस पठाए।

    जुलसका सहभागीले संसद कसरी चलाउनुपर्छ भनेर पनि देखाए। 'सडक संसद' ले डा. केसीले उठाएका तीनओटा विषयमा बहस गर्‍यो र निर्णय गर्‍यो।

    मन्त्रिपरिषदमा पुगेको चिकित्सा शिक्षा ऐन, २०७३ पहिलो विषय थियो भने दोस्रोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोगको प्रस्ताव। तेस्रा विषय थियो, सरकारले संसदमा प्रस्ताव गरेको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको खारेजी।

    नमूना सडक संसदमा सहभागी सांसदले पक्षमा र विपक्षमा बहस गरेका थिए। पक्षमा बोल्नेले डा. केसीका माग जायज रहेको बताएका थिए। विपक्षमा बोल्ने एक जना संसदले डा. केसीका माग अनुसार संसद चले आफू संसद भवन अगाडि धर्ना बस्ने भन्दै बास्तविक संसदको झल्को दिएका थिए।

    अन्तिममा नमूना संसद बैठकले चिकित्सा शिक्षा ऐन पारित गर्‍यो। लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएको नमुना संसदले मनमोहन अस्पताललाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउने विधेयक खारेज गर्‍यो। र, सदनको बहस अन्त्य भयो।

जयसिंह महरा

महरा २०७६ मंसिर १५ सम्म थाहा खबरमा कार्यरत थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]