राजनीति

यो संविधान कार्यान्वयन गर्ने बेला हो, अस्वस्थ प्रतिष्पर्धाको होइन : प्रधानमन्त्री

साउन ७, २०७३

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बेलामा रहस्यपूर्ण ढङ्गले अस्वस्थ प्रतिष्पर्धा सुरु गरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

    ३८ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा विशेष वक्तव्य जारी गर्दै उनले पछिल्ला केही दिनयताका घटनाबाट सिङ्गो मुलुक र लोकतन्त्रका पक्षधर जनता चिन्तित भएको उल्लेख गरेका छन्।

    उनले यस्ता घटनाले अन्ततोगत्वा मुलुकलाई पछाडि धकेल्ने जोखिम उत्पन्न गर्ने जनाएका छन्। “सङ्कीर्ण दलीय या व्यक्तिगत स्वार्थप्रेरित कदमले राष्ट्रलाई दूरगामी नकारात्मक असर पुर्‍याउन सक्ने यथार्थप्रति गम्भीर हुन र लोकतान्त्रिक शक्तिबीचको एकतालाई कमजोर गर्ने गतिविधि नगर्न म सम्बद्ध सबैलाई हार्दिक आह्वान गर्दछु”, नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले भने।

    उनले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र आत्मनिर्णयको अधिकार र नेपालको सार्वभौम हैसियतलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]