काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
गोविन्द महतो
जनकपुरधाम : सात दिनदेखि लगातार वर्षा भएपछि जनकपुरका धेरैजसो सरकारी कार्यालयहरु डुबानमा परेका छन्।
नगरमा पानी तथा ढल निकास अव्यवस्थित भएका कारणले जिल्ला प्रशासन कार्यालय,जनकपुर अञ्चल अस्पताल, राष्ट्रिय समाचार समिति, जिल्ला मालपोत कार्यालय, जिल्ला पशु कार्यालय लगायतका सरकारी कार्यालयहरु डुबानमा परेका हुन्।
वर्षाका कारण जनकपुरको भानु चोक, देवी चोक, पिडारी चोक, मिल्स एरिया, जनकपु विमान स्थल, विश्वकर्मा चोक लगायतका क्षेत्रहरु समेत डुबानमा परेका छन्। यसैगरी जनकपुर अञ्चल अस्पतालभित्र पानी जमेका कारण बिरामीको उपचार पनि प्रभावित भएको चिकित्सकहरुले बताएका छन्।
त्यसैगरी वर्षाका कारण महोत्तरीमा पनि बिभिन्न सरकारी कार्यालयहरु डुबानमा परेका छन्। जिल्लाको जिल्ला प्रहरी कार्यालय, कैदी बस्ने कारगार, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति लगायत अन्य सरकारी कार्यालयहरु डुबानमा परेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।