काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन्।&n...
काठमाडौं : नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले शुक्रबारको बैठकमा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले राखेको प्याकेज प्रस्तावमा छलफल नगर्ने बताएका छन्।
कांग्रेस नेता विमलेन्द्र निधिले पौडेलको प्रस्तावलाई बिहीबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गरेकाले त्यसमा छलफल नहुने बताए। प्रधानमन्त्रीले अस्विकार गरिसकेकाले पुन त्यही विषयमा प्रवेश गरिरहनु नपर्ने निधिको भनाई छ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि पौडेलले राखेको प्रस्ताव सिरियस नभएको भन्दै त्यसमा छलफल नहुने बताए। 'रामचन्द्र पौडेलले राखेको प्रस्ताव सिरियस प्रस्ताव होइन। त्यस्तो प्रस्तावमाथि छलफल नै हुँदैन' उनले भने 'आजको बैठकमा सहमति नभएमा संसद् बैठक अघि बढ्छ, त्यससँगै बैठक विवाद, झगडा र द्वन्द्वमा परिणत हुन्छ।'
बिहीबारको प्रमुख तीन दल र सभामुखको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले बजेट सम्बन्धी विधेयकहरु पारित गर्ने, अविश्वास प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र सरकार गठनका लागि फेरि सहमति गर्ने प्रस्ताव गरेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।