काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका ...
नेपालगन्ज : बिहीबार मध्यरातदेखि लगातारको वर्षाले नेपालगन्जको जनजीवन एकदमै कष्टकर बनेको छ। विहानसम्म ३ सय बढी घर डुवानमा परेका थिए।
हाल बढेर करिव ५ सय घर, कार्यालय, बैंक र बित्तिय संस्थामा पानी पसिसकेको नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुसालले जानकारी दिए। ७ दिनदेखि लगातार परेको पानीले नगरको अधिकांश भू–भाग जलमग्न भएको छ।
ढल, नाली र सडक पूर्ण रुपमा निर्माण नभई सकेका कारण अधिकांश घर डुवानमा परेको उनले बताए। अत्यधिक परेको पानी र सहज निकास नभएपछि नेपालगन्जका २ हजार बढी घर पानीले घेरिएका छन्। निरन्तर पानी परिरहे केहीबेरमै अन्य घर पनि डुवानमा पर्ने खतरा रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।
नेपालगन्ज उपमहानगरपालिकाको बेलासपुर, सिद्धार्थ टोल, घरवारी टोल, गणेशपुर, कारकाँदो, सुर्खेतरोड, शान्तिनगर, भृकुटीनगर लगायत स्थानका अधिकांश घरमा पानी पसेको राईले बताए। ‘घरमा पानी पसेपनि कुनै मानवीय क्षति भएको छैन,’ उनले भने।
विद्युत सव–स्टेशनमा पानी पस्न थालेपछि सजगता अपनाइएको छ। पानी पस्ने सम्भावना बढेपछि केहिबेर विद्युत आपूर्ति बन्द गरिएको छ। आजभन्दा ७ बर्षअघि विद्युत सव–स्टेशनमा पानी पस्दा एक हप्तासम्म विद्युत अवरुद्ध भएको थियो।
सुर्खेतरोडमा रहेको नेपाल राष्ट्र बैंकको कार्यालयमा पानी पसेको छ। पानीले ढुकुटी र कागजपत्रमा कुनै असर नपरेको बैंकका निर्देशक भीष्मराज उप्रतीले जानकारी दिए। सुर्खेतरोडमा रहेको नेपाल ग्रामीण विकास बैंकको कार्यालयमा पनि पानी पसेको छ। भने, सुर्खेतरोडमा रहेको इन्द्रेणी डायग्नोष्टिक सेन्टर, काष्ठ उद्योग, साथी कृष्ण कटेज, होटल स्नेह, सिद्धार्थ कटेज लगायतमा पानी भरिएको प्रहरीले जनाएको छ। नेपालगन्ज कारागारमा पनि पानी जमेको छ। कोठमा पानी पसेपछि महिला बन्दीहरु राती नै कराएका थिए।
बेलासपुरको सुर्खेत रोडबाट बेलासपुर जाने कृषि बिकास बैंक नजिको बाटो र भित्र केही घरहरू डुवानमा परेको छ। नेपालगन्जका अन्य भागमा समेत घरमा पानी पसेको छ। अधिकांशको घरमा पानी पस्ने अवस्था आएपछि पानी निकासका लागि सवै संयन्त्र परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख भुसालले बताए। उनले पानी निकासका लागि २ वटा डोजर परिचालन गरेर नाला खुलाउने काम भइरहेको बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
Pushp Raj Shrestha
नेपालगंज डुबानमा पर्नुकाे सहायक कारण नालाहरूकाे निर्माण नहुनु हाे । मुख्य कारण प्राकृतिक बहावमा जथाभावी बनेका घरले पारेकाे अवराेध र दक्खिन दिशामा बगेर जाने पानीलाइ सडक निर्माण गरेर अवराेध पार्नु हाे ।