राजनीति

संसदमा पहिले बजेट विधेयक पेश हुने, कांग्रेस र माओवादीले विपक्षमा मतदान गर्ने

फाइल फोटो
साउन ७, २०७३

    काठमाडौं  : प्रमुख दलहरु संसदमा बजेट सम्बन्धी आश्रित विधेयकलाई नै अगाडि बढाउन सहमत भएका छन्। शुक्रबार संसद भवन नयाँ वानेश्वरमा बसेको बैठकमा कांग्रेस र माओवादी केन्द्र पनि संसदको कार्यसूचिमा बजेट सम्बन्धी विधेयक नै राख्न सहमत भएका हुन्। 

    कार्यसूचि विवाद मिलेपछि शुक्रबार संसद बैठक सञ्चालन हुने भएको छ। तर कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेट विधेयकको विपक्षमा मतदान गर्ने तयारी गरेका छन्। 

    शीर्ष दलको बैठकमा अविश्वासको प्रस्तावअघि बजेट आश्रित विधेयक छलफल गर्ने सहमति बनेपछि माओवादी केन्द्र र कांग्रेसले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

    ‘एमालेले बजेटसँग सम्बन्धित विधेयकमाथी अविश्वसको प्रस्तावअघि छलफल गर्नुपर्ने अडान नछाडेपछि माओवादी र कांग्रेसले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’ प्रवक्ता भुसालले थाहा खबरसँग भनिन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]