काठमाडौं : भारतको गोवाबाट सम्पर्क विहीन भएकी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन्। ...
काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राखेर आमरण अनसन बसेका डा. गोविन्द केसीको मागका विषयमा सरकारसँग भएको वार्ता शुक्रबार साँझसम्मका लागि स्थगित गरिएको छ।
स्वास्थ्य मन्त्रालयमा भएको सरकारी प्रतिनिधि र डा. केसीका प्रतिनिधिबीचको वार्तामा सरकारी प्रतिनिधिले विज्ञहरुसँग सल्लाह गर्नुपर्ने भन्दै समय मागेपछि स्थगित भएको हो।
सरकारी वार्ता टोलीका सदस्य एवं स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीका अनुसार वार्ता सकारात्मक भएपनि ठोस निष्कर्षमा पुग्न केही मागहरुमा विज्ञहरुसँग सल्लाह गर्नुगर्ने भएकाले वार्ता केही समयको लागि स्थगित गरिएको हो।
उनले भने, 'केही विषय निकै जटिल छन्। ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ।' विज्ञहरुसँग सल्लाहपछि शुक्रबार नै साँझमा फेरि वार्ता गर्ने उप्रेतीले जानकारी दिए।
डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए। 'हामी सहमतिको नजिक पुग्न खोजीरहेका छौँ, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ' उनले भने।
चिकित्सा शिक्षा ऐन संशोधन सहित पारित गर्नुपर्ने, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिहं कार्कीलाई महाअभियोग लगाउनुपर्ने र विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै त्रिवि शिक्षण अस्पतालका डा.केसी १३ दिनदेखि अनसनमा छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।