समाज

बाढीले बगाएका ६७ जनाको उद्दार

साउन ७, २०७३

    बुटबल : अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परेका ६७ जनालाई रुपन्देहीमा सुरक्षाकर्मीले उद्दार गरेको छ। पट्खौलीबाट ६० जना र वसन्तपुरबाट ७ जनाको उद्दार  गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए।

    वर्षापछि गाउँमा बाढी पसेपछि उनीहरु सुरक्षित स्थान खोज्दै रुख तथा घरको छतमा आश्रय लिइरहेका थिए।

    बिहीबार रातिदेखि रुख र घरमा आश्रय लिएका उनीहरुलाई शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्दार गरेको प्रवक्ता कार्कीले जानकारी दिए। 

    यस्तै भैरहवामा निर्माणाधीन सडक तथा नालीको काम समयमै सम्पन्न नहुँदा नगरका जनक पथ, विपी पथ, ज्योति पथ, अन्नपूर्ण टोल, लुम्बिनी रोड, हाटबजार क्षेत्र, पक्लिहवा रोड, आँखा अस्पताल, बेलहिया, शान्तिनगर, गल्लामण्डी, भानु पथका अधिकांश क्षेत्र डुबानमा परेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]