अर्थ

बजेटका ३ विधेयक अस्वीकृत, अर्थमन्त्रीले भने - देश कसरी चलाउने हो हेरौंला

साउन ७, २०७३

    काठमाडौं  : आर्थिक वर्ष २०७३/७४ सँग सम्बन्धित ३ वटा विधेयक संसदबाट अस्वीकृत भएको छ। शुक्रबार संसदमा पेश भएको आर्थिक विधेयक,  राष्ट्र ऋण उठाउने विधेयक र ऋणतथा जमानत विधेयक बहुमतले अस्वीकृत भएको हो।

    यी विधेयकहरु अस्वीकृत भएपछि सरकारले आन्तरिक ऋण उठाउन र बाह्य ऋण लिन नसक्ने भएको छ। शुक्रबार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गरेपछि ती विधेयकहरु पारित नभएका हुन्।

    बजेट सम्बन्धी मुख्य विधेयक विनियोजन विधेयक यसअघि नै पारित भएपनि तीनवटा आश्रित विधेयकहरु भने पारित हुन बाँकी थिए। तर ती विधेयक पारित नहुँदै सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध अविश्वास प्रस्ताव पेश गरेपछि ती विधेयकहरु अन्यौलमा परेको थियो।

    त्यसपछि दलहरुबीच अविश्वास प्रस्ताव पहिले छलफल गर्ने कि बजेट सम्बन्धी विधेयकमा छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा १० दिनपछि शुक्रबार संसद बैठक बसेको हो। तर यसबीचमा नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिइसकेको थियो र उसले ती विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो।

    संसदमा विधेयक पारितमा सहयोग नभएकोमा अर्थमन्त्री विष्णु पौडेलले विपक्षी दलहरुप्रति कटाक्ष गर्दै आगामी दिनमा हेर्ने बताए। 'विदेशी ऋण पनि उठाउन नदिने, आन्तरिक ऋण पनि उठाउन पर्दैन भन्ने र राजस्वको लक्ष्य पनि धेरै भयो भन्ने हो भने भोलि कसरी देश चलाउने हो?' उनले भने। उनले ऋण नलिई मुलुक चलाउन सक्ने हो भने आफु पार्टी छाडेर ती व्यक्तिहरुको पछि लाग्न तयार रहेको बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]