राजनीति

प्रधानमन्त्रीले भन्नुभएको थियो- कि तपाईँ एक्सन लिनुस् कि म एक्सन लिन्छुः प्रचण्ड

साउन ७, २०७३

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच बालुवाटारमा  भएको छलफलको प्रसंग सम्झिँदै शुक्रबार संसद बैठकमा भने- 'प्रधानमन्त्रीले भन्नुभएको थियो या त तपाईँ एङ्क्सन लिनुस् या म एक्सन लिन्छु।'

    संसदमा अविश्वासको प्रस्ताव पेश गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र आफूलाई प्रधानमन्त्रीले 'एक्सन लिन' भनेको दावी गरे।। 'सभामुख महोदय विषय प्रतिकात्मक जस्तो पनि छ र गम्भLर पनि छ', प्रचण्डले भने, 'कांग्रेसका सभापति शेरबहादुर देउवाजी र मलाई उहाँले भन्नुभयो या त तपाई एक्सन लिनुस् कि म एक्सन लिन्छु।'

    माओवादी केन्द्रले एक्सन लिने भनेको समर्थन फिर्ता लिने र प्रधानमन्त्रीले एक्सन लिने भनेको मन्त्रीहरुलाई कारबाही गर्ने रहेको प्रचण्डले बताए। 'मैले सोचेँ प्रधानमन्त्रीले समर्थन फिर्ता लेओस् भन्ने चाहनुभयो', प्रचण्डले भने। भाषणबाट देश नचल्ने भन्दै प्रचण्डले प्रचण्डले मधेसी मोर्चाको माग सम्बोधन गर्ने विषय प्रधानमन्त्रीको प्राथमिकतामा कहिल्यै नपरेको आरोप लगाए।

    '९ महिनापछि प्रधानमन्त्रीलाई याद भयो देश भाषणबाट मात्रै नचल्दो रहेछ। पानीजहाज, रेल, ग्यास… बोले जस्तो कार्यान्वयन गर्न सजिलो रहेनछ', प्रचण्डले भने, 'बरु सरकार गए पनि हुन्छ भन्ने उहाँले सोच्नुभयो कि? मलाई लाग्छ प्रधानमन्त्री थाकिसक्नुभयो।'

    वाम गठबन्धन तोड्नु आफ्नो चाहना नभएको प्रचण्डले दावी गरे। 'प्रधानमन्त्रीले एमाले र माओवादी केन्द्रका नेताबीच जुन सहमति भएको थियो, त्यो सहमति कार्यान्वयन गर्न इच्छा देखाउनुभएन', उनले भने।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]