विश्व

जर्मनीको म्युनिख शहरमा आक्रमण,९ जनाको मृत्यु

साउन ८, २०७३

    जर्मनीको म्युनिख शहरको एक सपिङ सेन्टरमा भएको हमलामा ९ जनाको मृत्यु भएको छ। २० भन्दा बढी घाइते भएका छन्।

    जर्मन प्रहरीका अनुसार एक शंकास्पद ब्यक्तिले सपिङ सेन्टरमा गोली हानी ९ जनाको हत्या गरेर आफुलाई पनि गोली हानेका छन्। मृत्यु भएका ती शंकास्पद ब्यक्ति १८ वर्षका जर्मन-इरानी नागरिक भएको र म्युनिखमा बस्दै आएको प्रहरीले जनाएको छ। उनको शव घटनास्थल ओलम्पिया सपिङ सेन्टरदेखि १ किलोमिटर टाढा भेटिएको छ।

    तर उसले के उद्देश्यले घटना गरायो भन्ने खुलेको छैन। घटनामा घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर छ। यस हमलामा तीन जना बन्दुकधारीहरुको संलग्नता रहेको प्रहरीको अनुमान छ।

    म्युनिखका प्रहरी प्रमुख हवर्टस आन्द्रेले पत्रकार सम्मेलनमा घटनामा संलग्नको पहिचान भइनसकेको, उनीहरुको आतंकवादी संगठनसँग संलग्नताको प्रमाण पनि नभेटिएको बताएका छन्। तर यस विषयमा अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

    यो घटनाको उद्देश्य के हो भन्ने कुरा पुरै अस्पष्ट छ उनले भनेका छन्। घटनामा मृत्यु हुनेमा केही बालबालिका पनि रहेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]