विज्ञान प्रविधि

महावीर पुनको आविस्कार केन्द्रका लागि ३७ लाख जुट्यो

साउन ८, २०७३

    बेनी (म्याग्दी) : महावीर पुनले सुरू गरेको राष्ट्रिय आविस्कार केन्द्र बनाउने अभियानमा अहिलेसम्म ३७ लाख रुपैयाँ संकलन भएको छ।

    आविस्कार केन्द्र निर्माणका लागि सरकारसँग पटक पटक आग्रह गरेका पुनले जनताको सहयोगबाट केन्द्रको स्थापना गर्ने घोषणा गरेपछि सुरु भएको आर्थिक सहयोग अभियानमा ३७ लाख सङ्कलन भएको हो।

    म्याग्दीका समाजसेवी एवम् ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र उनकी पत्नी रेश्मा शाक्यले अभियानका लागि १० हजार १०५ रुपैयाँ सहयोग गरेका छन्।

    शुक्रबार ठमेलस्थित पुनको नेपाल कनेक्सन क्याफेमा एक कार्यक्रम गरी शाक्य दम्पतीले उक्त रकम हस्तान्तरण गरेका थिए। परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव समेत रहेका शाक्यले राष्ट्रिय अभियानमा व्यक्तिगत सहयोगमार्फत सहभागिता जनाएको र आगामी दिनमा संस्थागगत सहभागिता जनाउने प्रतिबद्धता जनाए।

    शाक्यले आर्थिक समस्याका कारण उपचारबाट वञ्चित भएका हरेक म्याग्देलीलाई व्यक्तिगतरुपमा प्रतिव्यक्ति रु पाँच हजार सहयोग गर्दै आएका छन्।

    रकम हस्तान्तरण कार्यक्रममा सन् २००७ मा एसियाको नोबेल पुरस्कार भनेर चिनिने म्यागासेसे पुरस्कार बिजेता पुनले पटकपटकका सरकारले आश्वासन दिएकै कारण आविस्कार केन्द्रको अभियानमा ढिलाइ भएको बताउँदै जनताको सहयोगबाटै केन्द्रको स्थापना गरेर देखाउने बताए। उनले हरेक दिन आइरहेको सहयोगबाट अभियान जनताकै सहयोगबाट सम्भव छ भन्ने आत्मविश्वास समेत बढेको बताए। पुनले जनताको सहयोगबाट नै ५० करोड सङ्कलन गरेर केन्द्रको स्थापना गर्ने र समृद्ध नेपाल बनाउने आफ्नो योजना बनाएका छन्।

    केन्द्र विज्ञान, प्रविधिसँग मात्रै केन्द्रित नभई कृषि, पर्यटन, जलविद्युत्सहित नेपालमा उत्पादन हुने सबै उत्पादनमा केन्द्रित हुने उनको भनाइ थियो। पुनले अभियानमा साथ दिन स्वदेश तथा विदेशमा रहेका नेपालीलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]