काठमाडौं : माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुईज्यूको पार्टीले संसदीय निर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको छ। यसअघि संसदमा अल्पमतम...
किभ- युक्रेनको राजधानी किभको बाहिरी इलाकामा रहेको एक वृद्धआश्रममा आइतबार बिहान सवेरै भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको छ ।
सो आगलागी भएको स्थानबाट १७ व्यक्तिको शव निकालिएको युक्रेनको राज्य सङ्कटकालीन सेवाका प्रमु्ख माइकोला चेचेत्कीनले जानकारी दिनु भएको छ ।
आइतबार बिहान सबेरै भएको यस आगलागीको समयमा सो आश्रममा ३५ व्यक्ति बसोवास गर्दै आएका र ती मध्ये १८ जनाभने उद्धार गरिएको जनाइएको छ ।
उद्धार गरिएका ती व्यक्तिहरुमा पाँच जनाभने उपचारार्थ अस्पताल लगिएको बताइएको छ । युक्रेनमा बर्षेनी यस्तै घटनामा सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
आगलागीको कारण अनुसन्धानरत रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।