मनोरञ्जन

पद्‍मश्री साहित्य पुरस्कारको लागि उत्कृष्ट पाँच पुस्तक मनोनयन

साउन ११, २०७३

    चितवन : पद्‍माश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक मनोनयनमा परेका छन्। खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्‍मश्री साहित्य पुरस्कार दिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि पाँच पुस्तक मनोनयनमा परेका छन्। 

    यसरी मनोनयनमा परेका पुस्तकहरूमा रामलाल जोशीको कथासंग्रह ऐना, नीलम कार्की निहारिकको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज र भूपिनको कवितासंग्रह सुप्लाको हवाइजहाज रहेका छन्। 

    यीनै पाँच कृतिहरूमध्येबाट उत्कृष्ट कृतिलाई यस वर्षको पद्‌मश्री पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जनाएका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]