काठमाडौँ : अभिनेता दयाहाङ राईले चलचित्र मनसरामा आफूले निभाएको भूमिका अर्को व्यक्तिबाट हेर्न इच्छुक भएको बताएका छन्। सोमवार ललितपुरमा चलच...
चितवन : पद्माश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक मनोनयनमा परेका छन्। खेमकला-हरिकला लामिछाने प्रतिष्ठानले विगत दश वर्षदेखि नेपाली साहित्यको उत्कृष्ट एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि पाँच पुस्तक मनोनयनमा परेका छन्।
यसरी मनोनयनमा परेका पुस्तकहरूमा रामलाल जोशीको कथासंग्रह ऐना, नीलम कार्की निहारिकको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज र भूपिनको कवितासंग्रह सुप्लाको हवाइजहाज रहेका छन्।
यीनै पाँच कृतिहरूमध्येबाट उत्कृष्ट कृतिलाई यस वर्षको पद्मश्री पुरस्कार प्रदान गरिने प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले जनाएका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।