राजनीति

स्थानीय निकायको संरचना व्यावहारिक बनाउनुपर्नेमा कांग्रेसको जोड

साउन ११, २०७३

    काठमाडौं : नेपाली कांग्रेसले जनताको घरदैलामा सरकारी सेवा पुग्ने गरी स्थानीय निकायको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रस्तावअनुसार निर्धारण गरिएको गाउँपालिकाको संख्या व्यावहारिक नभएको निष्कर्ष निकालेको हो। 

    संविधानले गाउँपालिकालाई महत्वपूर्ण अधिकार दिएको परिस्थितिमा गाविसलाई स्रोतसाधन र जनशक्तिले सम्पन्न बनाउनुपर्ने पार्टीको निष्कर्ष रहेको छलफलमा सहभागी नेता बालकृष्ण खाणले जानकारी दिए। 

    बैठकमा गाविसको क्षेत्रफल ठूलो हुँदा जनतालाई सेवा लिन लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता हुने भएकाले यसमा पुनःविचार गर्नुपर्ने बारेमा छलफल भएको थियो। पार्टीले स्थानीय निकायको संख्या, भूगोल र जनसंख्याबीच समन्वय हुने गरी व्यावहारिक बनाउनुपर्ने धारणा बनाएको र त्यस बारेमा अन्य सरोकार भएका निकायसँग पनि छलफल गरिने नेता खाणले बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]