काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली चलचित्र महाजात्रा हेर्न महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीका साथ ...
सिन्धुपाल्चोक : जिल्लाको मेलम्ची नगरपालिकाको गिरानचोकमा नमुना वस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई गैर आवासीय नेपाली संघ एनआरएन आयरल्याण्डले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
निर्माणधीन वस्ती पुगेर एनआरएन आयरल्याण्डका पूर्व अध्यक्ष शुक्रराज न्यौपाने र गणेश प्रसाईले धुर्मुस सुन्तली फाउण्डेसनलाई रकम हस्तान्तरण गरेका हुन्।
रकम हस्तान्तरण कार्यक्रममा न्यौपाने र प्रसाईले धुमुर्स सुन्तली फाउण्डेसनले राज्यले गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरे। समाजिक उत्तरदायित्व वहन गर्दै व्यक्तिले पनि यस्तो अमुल्य योगदान गर्न सक्छ भन्ने धुमुर्स, सुन्तली उदाहरणीय बनेको न्यौपाने र प्रसाईले बताए।
गिरानचौरमा धुर्मुस सुन्तली फाउण्डेसनले गाउँले परिवेशका चारकोठे घर बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री बनाउनेछन्। कवर्ड हल निर्माण हुने छ भने चार कोठे ती घरको माथि बुइँगल पनि हुनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।