राजनीति

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण, अध्यक्षमा राणा

साउन ११, २०७३

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच मंगलबार एकीकरण भएको छ। पशुपतिशमशेर जबराले नेतृत्व गरेको राप्रपा र सगुन लावतीले नेतृत्व गरेको राप्रपा नेपाल समानान्तरबीच एकीकरण भएको हो। 

    राष्ट्रवादी शक्तिहरुको एकताकोे माग भए अनुरुप राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि एकीकरण दुई पार्टीबीच एकीकरण भएको पार्टी अध्यक्ष पशुपतिशमशेर जबराले जानकारी दिए। उनले एकीकरण घोषणा  कार्यक्रममा भने ‘शुरुमा हाम्रै पार्टीभित्र विवाद थियो, तर सबै मिलायौ अनि राष्ट्रिय जनशक्ति र राप्रपा मिल्यो, आज राप्रपा नेपाल समानान्तर समितिसँग मिल्दैछौ, भोली राप्रपा नेपालसँग मिल्छौं।’ 

    राप्रपा नेपालबाट अलग भइ समानान्तर गतिविधि गर्दै आएको समूहले मंगलबार राप्रपासँग एकीकरण गरेको हो। बैठकले राप्रपा नेपालसँग पार्टी एकताको कुरामा सैद्धान्तिक सहमति जनाएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिए। 

    राप्रपा अध्यक्षमा राणा 

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपतिशमशेर राणा चयन भएका छन्। पार्टी एकीकरणको अवसर पारेर राणालाई अध्यक्षको जिम्मेवारी दिइएको हो। यस सम्बन्धी प्रस्ताव पारित गरेपनि कार्भार हस्तान्तरण भने बुधबार हुनेछ।

    २०४६ को राजनीतिक परिवर्तनसँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भए पनि २०७० सालमा राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच एकीकरण भएको थियो। 

    पार्टी एकताको चरणमा भएको भद्र सहमतिअनुरुप चक्रिय प्रणालीअनुसार राणा अध्यक्ष भएका हुन्। चक्रिय प्रणालीअन्तर्गत पहिलो सूर्यबहादुर थापा, दोस्रो लोकेन्द्रबहादुर चन्द, तेस्रोमा पशुपतिशमशेर राणा र चौथोमा डा प्रकाशचन्द्र लोहनी बन्ने सहमति भएको थियो। सोही सहमतिअनुरुप राणा अध्यक्ष बनेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]