समाज : सुरक्षा/अपराध

काकाको छोरालाई अपहरण गरेर १५ लाख फिरौती माग्ने युवक पक्राउ

साउन ११, २०७३

    राजविराज : भाइलाई अपहरण गरी १५ लाख रुपैयाँ फिरौती माग्ने दाजु जितेन्द्रकुमार दासलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। उनले आफ्नै सानो बुबा गंगा दासका आठ वर्षिय छोरा सिकेन्द्रलाई अपहरण गरी फिरौती मागेका प्रहरीले जनाएको छ।  

    प्रहरीले जितेन्द्रलाई सहयोग गर्ने दिलीपकुमार दास र अरविन्दकुमार दासलाई समेत पक्राउ गरेको छ। सिकेन्द्रलाई उनीहरुले तीन दिनअघि घर नजिकैको चौरबाट फकाएर मोटरसाइकलमा हालेर भारतको लोकाहा हुँदै जटही भन्ने ठाँउमा पुर्याएको प्रहरीले बताएको छ। 

    अपहरणपछि भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय, सप्तरीको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो। अपहरणमा संलग्नहरुलाई अपहरण तथा शारीरिक बन्धक मुद्दा चलाइने प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]