काठमाडौं : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनु...
वीरगञ्ज : बाराको निजगढमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका १२ स्थित एक खहरे खोला तर्ने क्रममा बाढीले बगाउँदा स्थानीय ६३ बर्षका मानबहादुर वलको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
घरायसी कामले रत्तनपुर बजार आएका बल रामथली स्थित घर फर्कने क्रममा सोमबार अपरान्ह बाढीले बगाएको हो। बाढीले बगाएको सूचनापछि स्थानीय र प्रहरीको संयुक्त खोजतलासका क्रममा साँझ रत्तनपुर र रामथलीको बीचमा पर्ने खोलाको बगरमा उनको शव भेटिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुवास गैरेले जानकारी दिए।
लाखौं मूल्यको बदाम खेती नष्ट
पर्साका बिभिन्न नदीमा आएको बाढीले बगाउँदा जिल्लाको ग्रामीण भेगका स्थानीयको लाखौं मूल्य बराबरको बदाम खेती नष्ट भएको छ।
स्थानीय सिक्टा नदीमा आएको बाढी पसेपछि जिल्लाको लङ्गडी, मुडली, जगरनाथपुर, तिन धोविया, भिस्वा, सवैठवा लगायतका ठाउँका बदाम खेती नष्ट भएको लङ्गडीका स्थानीय लालबाबु बानियाँले जानकारी दिए।
पर्साकै ओरिया खोलामा आएको बाढि पसेपछि जयमङ्गलापुर, धोवीनी, मिर्जापुर लगायतका गाविसमा स्थानीयको सयौं विगाहा धान र बदाम खेती नष्ट भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।