राजनीति

६ न्यायाधीशको सुनुवाई आज

साउन १२, २०७३

    काठमाडौं : लामो समयदेखी अड्किएको न्यायाधीशको सुनुवाई बुधबार हुने भएको छ। 

    ११ न्यायाधीशको सुनुवाईको काम बाँकी रहेकोमा बुधबार ६ न्यायाधीशको सुनुवाई हुने समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले जानकारी दिए। सुनुवाई ८ बजेदेखी सुरू हुने जानकारी समिति सदस्य ढुंगानाले दिएका छन्। 

    गत हप्ताको आइतबारबाट सुनुवाई हुने भनिएपनि सुनुवाई हुन सकेको थिएन। सुनुवाई समितिका संयोजक कुलबहादुर गुरूङले आफू अस्वस्थ भएको भन्दै सुनुवाईको क्रम रोकेका थिए। यसअघि सुनुवाई समितिले प्रधानन्यायाधीश सुशीला कार्की र प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको सुनुवाई गरेको थियो।

    न्यायपरिषद्ले विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, पूर्व महान्यायाधिवक्ता हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता त्रय अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना मल्ल प्रधानलाई नियुक्तिका लागि सिफारिस गरी पठाएको थियो। बुधबार उनीहरूमध्ये ६ न्यायाधीशको सुनुवाई हुँदैछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]