राजनीति

देउवा र प्रचण्डले केही गर्न सक्दैनन् : विजुक्छें

साउन १२, २०७३

    भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले नयाँ गठबन्धनको सरकार तीन वटै निर्वाचन नगर्ने उद्देश्यले गठन भएको बताएका छन्।

    रफत संचार क्लवले भक्तपुरमा गरेको कार्यक्रममा अध्यक्ष विजुक्छेंले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को विगत देखिसकेकोले उनीहरुले केही गर्न नसक्ने बताए। 

    ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीको समर्थन रहेको बताउदै उनले अब बन्ने सरकारमा आफ्नो पार्टी प्रतिपक्षमा नै बसेर नयाँ सरकारको निगरानी गर्ने बताए।

    उनले भारतीय राजदूतको भूमिका नेपालको लागि घातक भएकोले उनलाई कारवाही गरी फिर्ता पठाउनुपर्ने सल्लाह दिए। चीनसँग भने उनी लचिलो हुँदै रसुवा–गढी मार्ग र दक्षिण तराईसम्मको रेलमार्गको सम्झौता गर्नुपर्ने बताए। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]