समाज : सुरक्षा/अपराध

नेपाल प्रहरी भन्छ- 'कैलाली घटनाबारे एमनेस्टीको प्रतिवेदन पूर्वाग्रही'

फोटोः एमनेस्टीको प्रतिवेदनबाट।
साउन १२, २०७३

    काठमाडौं : कैलालीको टिकापुरमा थरुहट प्रदर्शनको क्रममा गत वर्ष भदौ ७ मा भएको घटनामा थारु समुदायका व्यक्तिहरुलाई मनोमानी ढंगले पक्राउ गरी यातना नदिएको नेपाल प्रहरीले दावी गरेको छ।

    एमनेस्टी इन्टरनेसनलको हालै सार्वजनिक प्रतिवेदनमा थारु समुदायका व्यक्तिलाई मनोमानी ढंगबाट पक्राउ गरी शारीरिक तथा मानसिक यातना दिई जबर्जस्ती बयान दिन लगाएको उल्लेख थियो। एमनेस्टीको प्रतिवेदनको खण्डन गर्दै प्रहरीले मानवअधिकार उल्लंघन नभएको जनाएको हो। 

    'थुनुवाका मानवअधिकार सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनद्वारा प्रत्याभूत हक अधिकारलाई आघात पुर्‍याउने काम हामीबाट भएको छैन’, प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले भने, 'एमनेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनको व्यहोरामा सत्यता छैन।’

    घटनामा संलग्न व्यक्तिलाई पर्याप्त प्रमाणको आधारमा कानुन बमोजिम पक्राउ गरी वैज्ञानिक संशाधनको प्रयोग गरी अनुसन्धान गरेर मुद्दा दायर गरिएको उनले बताए। 

    उनले प्रहरीको काम कारबाहीलाई प्रभावित पार्ने गरी पूर्वाग्रही प्रतिवेदन ल्याइएको बताए। २०७२ भदौ ७ गते टिकापुरमा भएको प्रदर्शनको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नावालकको हत्या भएको थियो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]