अर्थ

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

साउन १३, २०७३

    काठमाडौं : धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक ३.५२ अङ्कले घटेर एक हजार ८७७ बिन्दुमा ओर्लिएको छ। तर कारोबार रकम भने घटेको छैन। 

    नेपाल स्टक एक्चेन्जका अनुसार दुई अर्ब ३० करोड पाँच लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कुल १४७ कम्पनीको एक करोड सात लाख सात हजार १४६ कित्ता सेयर कारोबार भएको छ। 

    जलविद्युत् ०.३४, विकास बैंक ०.२४ वाणिज्य बैंक ०.१५, अन्य समूह ०.५२, उत्पादन २.१९, होटल समूहको सेयर कारोबारमा शून्य प्रतिशतले कमी आएको छ भने फाइनान्स ०.६६ र बिमा समूह ०.०४ प्रतिशतले बढेको स्टकले जनाएको छ। 

    नेपाल बैंक लिमिटेडको २३ करोड ५० लाख रुपैयाँ, सिद्धार्थ बैंकको ११ करोड ५३ लाख, एनएमबी र नेपाल बैंक लिमिटेडको आठ/आठ करोड रुपैयाँको सेयर कारोबार भएको छ। बोटलर्स नेपालको सेयरको मूल्य झन्डै १० प्रतिशतले कमी आएपछि उत्पादन समूहको सेयर नै ओरालो लाग्यो। देव विकास बैंक र ललितपुर फाइनान्सका लगानीकर्ताले बिहीबार नौ प्रतिशत बढीले नाफा कमाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]