विश्व

आतङ्ककारी आक्रमणले पेरिसको पर्यटन खस्कदो

आन्दोलन अर्को कारण

जेठ १८, २०७३

    सन् २०१५ को जिहादी समूहले फ्रान्सको राजधानी पेरिसमा गराएका विनाशकारी विस्फोट र हालै देखिएका श्रृङ्लाबद्ध हिंसात्मक आन्दोलन तथा हडतालका कारण पेरिसको पर्यटन व्यवसाय नराम्रोसँग प्रभावित बनेको यहाँका पर्यटन व्यवसायीले सोमबार बताएका छन् । 
    पेरिस भ्रमणका लागि जापानी पर्यटकले गर्ने गरेका होटल बुकिङमा सन् २०१५ को आतङ्कवादी आक्रमण र त्यसपछिका हडताल तथा आन्दोलनका असर पर्न गई सन् २०१६ को पहिलो चार महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५६ प्रतिशतले गिरावट आएको पेरिस पर्यटन बोर्डले जनाउँदै सोही अवधिमा रसियाली पर्यटक सङ्ख्यामा ३५ प्रतिशतले कमी देखिएको बताएको छ । 

    सन् २०१५ मा पेरिसको आर्थिक वृद्धिमा मुख्य भूमिका खेलेको चिनियाँ पर्यटकको सङ्ख्यामा १३.९ प्रतिशतले कमी आएको छ । गएको वर्ष चीनबाट १२ लाख पर्यटक फ्रान्स पुगेको बताइएको छ । 
    सन् २०१५ मा भएको विनाशकारी विस्फोटको परिणामका कारण सन् २०१६ सुरुपछि पनि सुधारोन्मुख हुनुको अलावा हडताल तथा आन्दोलनका कारण अझै पनि दयनीय रहेको पाइएको बोर्डले एक विज्ञप्ति जारी गरी सोमबार जनाएको छ । 
    फ्रान्स पर्यटकका लागि विश्वको सबैभन्दा बढी भ्रमण गरिने राष्ट्र हो तर सन् २०१५ को नोभेम्बरमा पेरिसमा भएको १३० जनाको ज्यान जाने गरी चार्ली हेब्दो म्यागजिन र जेबिस सुपरमार्केटमा भएको आतङ्कवादी हमलाका कारण यहाँ आउने पर्यटकमा कमी आएको पर्यटन व्यवसायीले बताएका छन् । 
    यद्यपि पेरिसको वातावरण भने पछिल्लो समय सामान्य बन्दै गएकोमा सुधारोन्मुख पर्यटन क्षेत्रमा फेरी पछिल्लो महिनामा विवादास्पद श्रम सुधारको कुरालाई लिएर भएको सामाजिक अशान्तिका कारण पेरिस पुग्ने पर्यटकलाई थप द्विविधामा पारेको बताइएको छ । 
    विद्यार्थी तथा टे«ड युनियनले सञ्चालन गरेका तीन महिना लामो आन्दोलन अन्ततः आन्दोलनकारी र प्रहरीबीच झडपमा परिणत भएका छन् । 
    पर्यटन बोर्डले पेरिसको मध्यभागमा छापामार शैलीमा भएका गतिविधिले विश्वभर पेरिसबारे भय र नकारात्मक सन्देश दिएको बताएको छ । 
    टे«ड युनियनद्वारा समस्या समाधानप्रति सरकार जिम्मेवार नभएमा युरोकप फुटबल च्याम्पियनसिप २०१६ मा फ्रान्स आउने लाखौँ पर्यटकलाई अवरोध हुने गरी यातायात अवरुद्ध गर्ने बताएका छन् । 
    फ्रान्सले जुन १० देखि युरोकप फुटबल २०१६ को आयोजना गर्दैछ । 
    अझै पनि पर्यटन गतिविधिलाई प्रभावित नपार्न आन्दोलनका कार्यक्रमलाई रोक्नसकिने बताउँदै यसमा सम्बद्ध सबैपक्ष गम्भीर रहन पर्यटन बोर्ड प्रमुख फ्रेडरिक भेलटक्सले आग्रह गर्नुभएको छ ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]