खेलकुद

रियो ओलम्पिकमा सहभागी हुने जुडो टोलीको बिदाई

फोटोः राखेप
साउन १४, २०७३

    काठमाडौ : ब्राजिलमा हुन लागेको रियो ओलम्पिक–२०१६ अन्तर्गत जुडोमा सहभागी नेपाली टोलीलाई विदाइ गरिएको छ। आइतबार ब्राजिल प्रस्थान गर्न लागेको तीन सदस्यीय टोलीको जुडो संघले शुक्रबार बिदाई गरेको छ।

    टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिदै नेपाली रियो टोलीका सेभ दि मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार बिष्टले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाई गरेका थिए।

    नेपालका तर्फबाट महिला ६३ केजीमा फुपुल्हामु खत्री, प्रशिक्षक देबु थापा र अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन्।

    फुपु महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता हुन्। प्रशिक्षक थापा ले बेइजिङ ओलम्पिक–२००८ मा प्रतिस्पर्धी हुन्।

    बिदाईपछि जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विपिन श्रेष्ठले फुपु र देबुलाई ब्याग, ट्रयाकसुट, जुत्ता र टिसर्ट हस्तान्तरण गरेका थिए ।

    अगष्ट ५ देखि २१ तारिखसम्म सञ्चालन हुने रियो ओलम्पिक–२०१६ को जुडो ६ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ । फुपुले ९ तारिखमा खेल्नेछिन् ।

    संघका अध्यक्ष वज्राचार्यले एक बाउट पूरा समय (५ मिनेट) खेले खेलाडीलाई नगद २५ हजार र प्रशिक्षकलाई १० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै प्रत्येक बाउट जिते खेलाडीलाई ५० हजार र प्रशिक्षकलाई २५ हजार प्रदान गर्ने घोषणा गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]