समाज

नागरिकताभन्दा पासपोर्ट लिने धेरै

साउन १७, २०७३
    • संजय रेग्मी

मुस्ताङ : मुस्ताङ जिल्लामा गत वर्ष जस्तै यसवर्ष पनि जिल्ला प्रशासन कार्यालय मुस्ताङमा नागरिकता भन्दा पासपोर्ट लिनेको संख्या बढेको छ। कार्यालयले आ.व. ०७२/०७३ मा वंशजको आधारमा ३ सय ४१ वटा नयाँ नागरिकता वितरण गरेको छ भने आमाको नामबाट ३ वटा, प्रतिलिपि नागरिकता ४ सय ६४ वटा र २ हजार २ सय १९ पुरानो नागरिकता अभिलेखीकरण गरेको कार्यालयले जनाएको छ। 

त्यसैगरी कार्यालयले आ.व. ०७२/०७३ मा राहदानीको साधारण सिफारिस ३ सय ८६, द्रुत सिफारिस ५ सय १३, राहदानी वितरण ३ सय ६८ र वितरण हुन बाँकी ५४ वटा राहदानी रहेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले जानकारी दिए। गत आ.व. ०७१र०७२ मा कार्यालयबाट वंशजको आधारमा ३ सय ७० नयाँ नागरिकता वितरण, ३ सय ५० प्रतिलिपी नागरिकता वितरण र २ वटा वैबाहिक अंगिकृत नागरिकता वितरण गरिएको थियो। 

त्यस्तै, राहदानीतर्फ साधारण र द्रुत गरी ९ सय ३५ सिफारिस र ४ सय २ वटा राहदानी वितरण गरेको थियो। लेखा शाखातर्फ कार्यालयले आर्थिक वर्ष २०७२/०७३ मा २२ लाख ११ हजार ७ सय २० रुपैयाँ राजस्व संकलन गरको छ। जुन गत आ.व. को भन्दा ६ लाख ३२ हजार ८४ रुपैयाँले बढी हो। प्रशासन शाखाले ०७२/०७३ मा संस्था दर्ता ७, हातहतियार नविकरण ३६, विवाह दर्ता ७, नावालक परिचयपत्र १८, तिब्बती शरणार्थीको परिचय पत्र नविकरण ६३, शरणार्थीको लागि यात्रा अनुमति पत्र सिफारिस १ र १ सय १६ विविध सिफारिस गरेको छ। 

त्यसैगरी, भूकम्प पीडितलाई अस्थायी आवासको लागि राहत वितरण/परिचय पत्र वितरण ४१, कार्यालय निरिक्षण ६, बजार अनुगमन ७, सिमा क्षेत्र निरिक्षण ७, घुम्ती सेवा शिविर २, सुशासन समितिको बैठक २, जिल्ला सुरक्षा समितिको बैठक २३, विपद व्यवस्थापन समितिको बैठक ३, ठाडो उजुरी ४, कार्यालय प्रमुखको नियमित बैठक १२ पटक गरेको विवरणले कार्यालयल जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]