अर्थ

'हेवा ए' जलविद्युत आयोजनाको शेयर निष्कासन गर्न स्थानीयको माग

साउन १७, २०७३
    • खविन लुइटेल

पाँचथर : पाँचथरको याङनाम र भारपामा अवस्थित हेवा खोलामा निमार्णाधिन 'हेवा ए परियोजना'को काम सम्पन्न हुनै लाग्दा समेत कम्पनीले शेयर निष्कासन नगरेको भन्दै स्थानीयले शेयर निष्कासनको पहल गर्नका लागि समिति गठन गरेका छन्। प्रभावित क्षेत्रका स्थानीयलाई शेयर दिन कम्पनीले वेवास्ता गरेको भन्दै स्थानीयहरु आक्रोशित भएका हुन्। 

नवगठित समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै स्थानीयहरूले शेयर निष्कासनका लागि कम्पनीलाई ध्यानकर्षण गराउने, शेयर निष्कासन नगरिए काम अघि नबढाउन अनुरोध गर्ने, शेयर निष्कासन गर्दा अति प्रभावित, प्रभावित र जिल्लावासीहरुको हकमा मात्र फाराम खरिद गरी आवेदन दिन पाउने ब्यवस्था स्पष्ट रुपमा गरिनुपर्ने लगायतका माग माग राखेका छन्। 

प्रशासनमा बुझाइएको ज्ञापनपत्रमा आयोजनाको जिम्मा लिएको पाँचथर पावर कम्पनीले आयोजनाको काम लगभग सक्न लाग्दा समेत अहिलेसम्म स्थानीयका लागि ३० प्रतिशत शेयर निष्काष्न गर्नुपर्ने भएपनि नगरेको स्थानीयको गुनासो छ। 

आयोजना प्रमुख पुष्प ज्योती ढुङ्गानाले कम्पनी पब्लिक लिमिटेड बन्ने प्रक्रियामा रहेकोले त्यसपश्चातमात्र धितोपत्र बोर्डमार्फत शेयर निष्कासन गरिने भएकोले नियमानुसार शेयर निस्कनेमा निश्चिन्त रहन आग्रह गरेका छन्।

१५ मेगावाट उत्पादन हुने यो परियोजनाको काम अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]