राजनीति

५ फोटोमा हेर्नुहोस्, नवनियुक्त न्यायाधीशहरुको सपथ ग्रहण

फोटोहरु : रासस
साउन १७, २०७३

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्ति गरेकी छन्। 

    राष्ट्रपति भण्डारीको समुपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराइन्। 

    सो समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो। 

    नवनियुक्ति न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान रहेका छन्। उनीहरुले सोमबार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

    नवयुक्ति न्यायाधीशहरुको संसदीय सुनुवाइ विशेष समितिले आइतबार ११ न्यायाधीशको नाम अनुमोदन गरेको थियो।

    हेर्नुस् फोटोहरु : 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]