काठमाडौं : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्...
काठमाडौं : अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण दुई सातामा १ सय २ जनाको ज्यान गएको छ। व्यवस्थापिका संसद्को सोमबारको बैठकमा गृहमन्त्री भीम रावलले बाढी पहिरोका कारण साउन १ गतेयता ४३ जिल्लामा १ सय २ जनाको मृत्यु भएको जानकारी दिए।
गृहमन्त्री रावलका अनुसार बाढीपहिरोमा २२ जना बेपत्ता भएको र ५८ जना घाइते भएको जानकारी गराए। उनका अनुसार प्युठानमा ३१, गुल्मीमा ७, बाग्लुङमा ६, पाल्पा र रोल्पामा ४/४, मकवानपुरमा ३ तथा दाङमा २ जनाको मृत्यु भएको छ।
बाढी पहिरोका कारण घरमा क्षति पुग्दा सयौं परिवार विस्थापित भएका छन्। प्युठानमा १ सय ७ घरमा पूर्णरुपमा क्षति पुगेको छ भने २ सय ५७ परिवार विस्थापित भएका छन्। गुल्मीमा ३५ घरमा क्षति पुगेको छ भने १ सय २० घर पहिरोको जोखिममा छन्।
गृहमन्त्री रावलले बाग्लुङमा १ सय ८ घरमा पूर्ण क्षति पुगेको तथा रोल्पामा १ सय २० घरपरिवार विस्थापित भएको जानकारी दिंदै बाढी पहिरो प्रभावितहरुको राहत र उद्दारका लागि स्थानीय प्रशासनलाई बजेटसहित आवश्यक निर्देशन दिएको बताए।
अविरल वर्षाका कारण आएको बाढीले कपिलवस्तुमा ५ वटा नगरपालिका र १५ वटा गाविस डुबानमा पर्दा ३ हजार २ सय परिवार प्रभावित भएका छन्। गृहमन्त्री रावलले डुबानका कारण झापामा ४ सय ७४ तथा सुनसरीमा ५ सय ३१ घर परिवार प्रभावित भएको जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।