समाज

कृषि सम्पर्क केन्द्र दमकको सेवाबाट कृषक वञ्चित

साउन १८, २०७३
    • चिरञ्जिबी घिमिरे

दमक : कार्यालय छ तर, कर्मचारी छैनन्। कार्यालयमा कर्मचारीको दरबन्दी पनि नभएको होईन। कार्यालयमा १ जना कार्यालय सहयोगी र कृषि प्राविधिक सहित २ जनाको दरबन्दी छ तर, कार्यालयमा कोही आउँदैन। यो हविगत हो, कृषि सम्पर्क केन्द्र दमकको। एक जना कार्यालय सहयोगी करारमा राखिएको छ।

कृषि सम्पर्क केन्द्र दमकमा कर्मचारी कार्यालय नआउँदा कृषकहरुले कार्यालयबाट सेवा पाउन सकेका छैनन्। कार्यालयलबाट बिउ वितरण तथा आवश्यक परामर्श उपलब्ध नहुँदा कृषकहरूले कृषि पेशालाई व्यवसायीकरण गर्न सकेका छैनन्। 

कार्यालय भए पनि कार्यालयमा नियमित कर्मचारी नआउँदा कृषकहरु दैनिक कार्यालय आएर खाली हात फर्कनुपर्ने बाध्यता छ। कृषि सम्बन्धि काम लिएर कार्यलय जाँदा कृषि सम्पर्क केन्द्र दमकमा कर्मचारीहरु नहुँदा आफ्ना समस्याहरू समाधान गर्न कठिन भएको बहुउदेश्य कृषक समूहका अध्यक्ष तथा कृषक प्रेम बहादुर अधिकारीले बताए।  

नेपाललाई कृषि प्रदान देशका रूपमा हेर्ने गरिएपनि कृषकले उचित समयमा रसायनिक मल तथा समयमा उचित परामर्श नपाउँदा कृषिलाई आधुनिकीकरण गर्न नसकिएको अधिकारीले बताए। कृषकहरुले समयमा बिउ नपाएको र बिरुवामा रोग लाग्दा समेत कार्यालयबाट औषधि तथा परामर्श नपाएको बताए। उनले लगाएको बिरुवामा किरा लागेर बिरुवाको पात सुक्दा समेत कृषि सम्पर्क कार्यालय दमकले पर्याप्त कर्मचारी नभएको भन्दै टार्ने गरेको अधिकारीले गुनासो गरेका छन्।

कार्यालयबाट उचित सेवा नपाउने पाउने समस्या त छदैछ अझ विद्युत लोडसेडिङका कारण सिचाँइमा समेत समस्या हुने गरेको अर्का कृषक लाखजित नेम्बाङ्ले बताए। त्यस्तै, सरकारले १५ प्रतिशत कृषिमा छुटाएको रकमबाट दमक नगरपालिकाले कृषि सडक बनाएको कृषक प्रेम बहादुर अधिकारीले गुनासो गरे।

त्यसो त कर्मचारी मात्र होईन दमक नगरपालिकाको कार्यालयसँगै रहेको कृषि सम्पर्क केन्द्रको कार्यालयनै जीर्ण अवस्थामा रहेको छ। कार्यालय नै आज लड्ने होकी भोलिको अवस्थामा पूगेको छ। कार्यालय जाँदा प्रायट्ठ कार्यालय सहयोगी बाहेक अन्य कोही कार्यालयमा देखिदैनन्। कार्यालयमा माकुराले जालो लगाएको छ। 

दमक, लखनपुर, धरमपुर, तोपगाछ लगायतका स्थान हेर्नु पर्ने भएकाले समस्या भएको कृषि सम्पर्क कार्यालय दमककी प्रमुख केदार कुमारी अधिकारीले बताइन्। कार्यालय सहयोगी सहित दुई जना मात्र कर्मचारी भएकाले कृषकहरुलाई उचित सेवा दिन नसकेको उनले बताइन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]