रियलटाइम हाइलाइटस्

१६:५५

प्रधानमन्त्री निर्वाचनको लाइभ अपडेटमा संसद भवनबाट लिलाराज खनाल र समाचार कक्षबाट थाहाखबर टिम विदा चाहन्छौँ। सल्लाह, सुझावको अपेक्षामा छौँ। 

१६:५५
_clearLast_
१६:५५

प्रधानमन्त्री निर्वाचनको लाइभ अपडेटमा संसद भवनबाट लिलाराज खनाल र समाचार कक्षबाट थाहाखबर टिम विदा चाहन्छौँ। सल्ला, सुझावको अपेक्षामा छौँ। 

१६:२०

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको जानकारी दिन सभामुख ओनसरी घर्ती र संसद सचिवालयका महासचिव मनोहर भट्टराई राष्ट्रपति निवास शीतलनिवास गएका छन्।  

१६:१४

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री निर्वाचित भएकोमा प्रचण्डलाई बधाई दिएका छन्। 

१६:०५

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खर संसद भवनबाट बाहिर निस्किएका छन्। 

१५:५५

मीनभवनमा राष्ट्रिय झण्डा बोकेका युवाहरु अघि अघि र निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गाडी पछिपछि देखिन्छ। ओली बालकोटस्थित आफ्नो निवास जान हिँडेका हुन्। उनले बालुवाटार आजै छोडेका छन्। 

१५:५३

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई मीनभवन नजिक उनका समर्थकले रोकेका छन्। उनीहरुले राष्ट्रिय झण्डासहित झण्डावाल गाडी रोकेका हुन्। 

१५:४०

कूल ५७३ मत खसेकोमा प्रचण्डले ३६३ मत ल्याएर प्रधानमन्त्री निर्वाचित भएका छन्। उनको विपक्षमा २१० मत खस्यो। 

१५:१६

सुनिलबहादुर थापाले आफ्नो मोबाइलबाट फोन लगाए, प्रचण्डलाई फोन दिए, प्रचण्डले केही बेर कुरा गरे र पुनः फोन थापाले लिए। भर्खर संसदमा। 

१५:१४

मतदान गरेर फर्केिने सांसदहरुलाई प्रचण्ड हात मिलाउँदै धन्यवाद दिइरहेका छन्। 

१५:१०

संसदमा मतविभाजन प्रक्रिया सुरु भएको छ। 

१५:०४

संसदमा विभाजन घण्टी बजेको छ। 

१५:०१

सभामुखले मतविभाजन प्रक्रियाबारे जानकारी दिँदैछन्। 

१४:५९

प्रस्तावक र समर्थकले मनतव्य दिने क्रम सकिएको छ। 

१४:४९

प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्दै सांसद लोकमणि ढकाल ।

१४:४४

यत्रो ठूलो क्रान्ति त सम्पन्न गर्नुभयो (प्रचण्डले) भने अहिलेका कुरा मिलाउने कुरा ठूला होइनन्। रामकुमार राई संसदमा।

१४:४१

संसद बैठकमा रामकुमार राई बोल्दैछन्।

१४:३९

हरिचरण शाह, नेपाली जनता दल, ले प्रचण्डको समर्थनमा आफ्नो विचार राख्दैछन्। 

१४:३७

प्रचण्ड चुनौतीको समाना गर्न सक्ने र व्यवस्थापन गर्न जान्ने नेता हुन्। समाजवादी जनता पार्टी प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्छः प्रेमबहादुर सिंह।

१४:३६

अहिले प्रचण्डको समर्थनमा सांसद प्रेमबहादुर सिंह बोल्दैछन्। ओली नेतृत्वको सरकारमा उनी खानेपानी तथा सरसफाइ मन्त्री थिए। 

१४:३४

संसदमा रुक्मिणी चौधरीः थारुवान स्वायत्त प्रदेशको सीमाकंन हुने गरी आउने सरकारले काम गरोस्। 

१४:३०
_clearLast_
१४:३०

संसदमा प्रचण्डको समर्थनमा बोल्दै रुक्मिणी चौधरी

१४:३०

संसदमा प्रचण्डको समर्थनमा बोल्दै रुक्मिणी चौधरी

१४:२८

प्रचण्ड संविधान कार्यान्वयनमा दृढ हुनुहुन्छ, उहाँ उपयुक्त पात्र हुनुहुन्छ र उहाँ सफल हुनुहुन्छ भन्ने अपेक्षा हामीले गरेका छौँ : जयदेव जोशी

१४:२४

संसदमा नेकपा संयुक्तका जयदेव जोशी प्रचण्डको समर्थनमा बोल्दै 

१४:२४
_clearLast_
१४:२३

संसदमा जयदेव जोशी प्रचण्डको समर्थनमा बोल्दै 

१४:२२

राप्रपाका परशुराम तामाङले संसदमा प्रचण्डलाई समर्थन गर्दै

१४:१९
_clearLast_
१४:१९

विजय गच्छदारप्रति लक्षित गर्दै संविधान जलाउनेहरू यहि प्रकियामा आएका छन् : चौधरी

१४:१७

मधेसका साथीहरूले संविधान जलाउने काम गरिरहरँदा हामीले संसदबाट नै समाधान खोज्नु पर्छ भनेका थियौँ : चेधरी

१४:१६

यो संविधानलाई पूर्णरूपमा स्वीकार गर्न सक्दैनौ, यसलाई संशोधन गरेर मात्र स्वीकार्य संविधान बनाउन आवश्यक छ: देवेन्द्र चौधरी

१४:१५

मधेसमा धोका भएको आरोप लागेपनि, हामीले संविधान जारी हुनुलाई उपलब्धी मान्दै यो बाटो रोजेका हौँ : देवेन्द्र चौधरी

१४:१४

संसदमा देवेन्द्र चौधरी प्रचण्डको समर्थनमा बोल्दै 

१४:११

मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धीतर्फ लैजानका लागि बाटो खुल्ला भएको छ। त्यसलाई अगाडि बढाउन सक्नुपर्छ : यादव

१४:१०

सहमति खोज्दा संविधान जसलाई विभेदकारी, प्रतिगमनकारी भनिदै आएको छ त्यस संविधानलाई सच्याउने अवसर प्राप्त भएको छ : यादव

१४:०९

९ वर्षपछि प्रधानमन्त्री पनि ९ महिनाका लागि प्रधानमन्त्री हुँदै हुनुहुन्छ, यसले देशलाई निकास दिँदैन: यादव
 

१४:०८

हामीसँग जनशक्ति, स्रोत साधन छ तर त्यसलाई उपयोग गर्न सकेका छैनौ : यादव

१४:०६

विगतमा कति सहमति भए कति सम्झौता भए तर, अफ्ठ्यारोमा परेको अवस्थामा सहमति गर्ने र पछि त्यसलाई वेवास्ता गर्ने पुन: अफ्ठ्यारोमा परेपछि पुन: सहमति गर्ने परम्परालाई अबको सरकारले टुङग्याउने छ: यादव

१४:०५

अपाङ्ग घाइतेहरूको उपचार गर्ने शर्तमा गठबन्धन/मोर्चाले समर्थन गरेको हो : यादव

१४:०४

राज्यले बल प्रयोग गरेर जुन किसिमका हिंसा भए, त्यसका विषयमा उच्चस्तरीय आयोग बनेर छानविन हुनेनै छ: यादव 
 

१४:०४

मधेस मुद्धालाई विगतमा पनि सरकारले गर्न सक्ने भएपनि महसुस गरेन : यादव

१४:०२

संघीय गठबन्धनको तर्फबाट समर्थक भएर उपस्थित छु : यादव

१४:०१

संसदमा बोल्दै उपेन्द्र यादव

१४:००

महरा बोल्दै गर्दा प्रधानमन्त्री ओली संसद भवनबाट बाहिरिएका छन् ।

१४:००

एमालेले निर्णय गर्‍यो, उम्मेदवारी नदिने, एमालेले पनि प्रचण्डलाई मतदान गरे राम्रो : महरा

१३:५८

देशको निमित्त प्रचण्ड आवश्यक भएकाले उहाँलाई अगाडि सारेका हौँ : महरा

१३:५८

हामीले सबैलाई एकैपटक सम्बोधन गर्न नसकिएला, तर सबैलाई मिलाएर बिस्तारै लैजान सकिन्छ : महरा

१३:५७

यो देशको निमित्त, संक्रमणकाललाई बदल्नका लागि प्रचण्डको आवश्यक छ : महरा

१३:५६

सरकारको परिवर्तन सामान्य प्रक्रिया हो : महरा

१३:५५

संक्रमणकालको निष्कर्षमा पुग्न बाँकी छ। चुनौतीका पहाड सामना गर्नुपर्ने छ। कृष्णबहादुर महरा।

१३:५४

अहिले प्रधानमन्त्री उम्मेदवारमा प्रचण्डलाई समर्थन गरेका सांसद कृष्णबहादुर महराले बोलिरहेका छन्। 

१३:५३

देउवाले मन्तव्य टुंग्याउने बेला भने- 'प्रचण्ड के रे?... कमल दाहाल, पुष्पकमल दाहाल।' 

१३:५२

हामीले भारत र चीनसँग राम्रो सम्बन्ध राख्नु नै राष्ट्रिय हीतको पक्षमा हुन्छ। देउवा।

१३:५१

साथी बदल्न सकिन्छ, छिमेकी बदल्न सकिँदैन। दुबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ। राष्ट्रिय हीतमा ध्यान दिनुपर्छ। देउवा।

१३:५०

संविधानको सर्वस्वीकार्यता कांग्रेस सभापति देउवाले आज संसदमा सबैभन्दा बढी उच्चारण गरेको विषय हो।  

१३:४८

बिना शान्ति र स्थिरता आर्थिक विकास हुँदैनः देउवा। 

१३:४८

शान्ति प्रक्रिया बारे देउवाः यसलाई निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति स्थापना गर्नुछ। 

१३:४६

संविधानको सर्वस्वीकार्यता भएपछि मात्र संविधान करा्यान्वयन हुन्छ। देउवा। 

१३:४४

राष्ट्रिय विषयमा हामी एक भएर अघि बढ्न सक्छौँः देउवा। 

१३:४४

विश्वास र अविश्वासको प्रस्ताव भनेको त प्रजातान्त्रिक प्रक्रिया हो। मैले त कति खाएँ खाएँ अविश्वासका प्रस्ताव। देउवा।

१३:४२

मधेसी मोर्चासँग सहमति भएको छ। यो सहमतिका आधारमा सीमांकन टुंग्याउने सहमति गरेका छौँः देउवा। 

१३:४१

अस्ति ओलीजीको भाषण सुने आज प्रचण्डजीको। मैले के बोल्ने समस्यामा परेँः देउवा। संसदमा हाँसो। 

१३:४०

प्रधानमन्त्री निर्वाचनमा प्रचण्डका प्रस्तावक कांग्रेस सभापति शेर बहादुर देउवा मन्तव्य दिँदैछन्।

१३:४०

हामी सबै एउटै डुंगामा छौँ, डुबे सबै डुब्छौँ उत्रे सबै उत्रिन्छौँः हामी डुब्नेछैनौँ उत्रिनेछौँ। प्रचण्डले मन्तब्य टुंग्याएका छन्।

१३:३८

यसलाई अस्थिरता भन्ने कि गतिशीलता भन्ने? म जनता र राष्ट्रको पक्षमा लड्न हिँडेको हुँ। अन्त्यसम्म लड्ने प्रतिज्ञा म डोहोर्‍याउन चाहन्छु। प्रचण्ड।

१३:३७

म अलिअलि अस्थिर नभएको भए जनयुद्ध के हुन्थ्यो होला? शान्ति प्रक्रिया हुन्थ्यो कि हुन्थेन होला? 

१३:३६

युद्धमा सुप्रिम कमाण्डर बन्ने पनि आकँंक्षा थिएन। गर्दै जाँदा हुँदै गयो। प्रचण्ड। 

१३:३५

म गरिब किसानको छोरो हुँ। मैले प्रधानमन्त्री बनुँला भनेर आकांक्षा राखेको थिइनँ। गरिब किसानको छोराले यस्तो सपना देख्नु कठिन पनि छ। प्रचण्ड।

१३:३४

प्रचण्ड संसद बैठकमा भक्कानिएका छन्। 

१३:३४

मेरो कमजोरीका कारण देशलाई भएको क्षतिको मूल्यांकन राष्ट्र र जनताले गरेको छ। प्रचण्ड संसदमा।

१३:३३

म खुला किताब हुँ। मेरा सबल पक्ष र दुर्वल पक्ष के हुन् भन्ने बारे सबैलाई थाहा भैसकेको छः प्रचण्ड। 

१३:३३

विगतमा मलाई सधैँ भावुक बनायोः प्रचण्ड। 

१३:२८

चीन र भारतको उदाहरण दिँदै प्रचण्डले भने- देशलाई छिटोभन्दा छिटो अगाडि बढाउने सम्भावनामा सफल बनौँला?

१३:२७

नेपालको गोरेटो के हुने भन्ने थाहा पाउन हामीलाई १० वर्ष लाग्योः प्रचण्ड।

१३:२४

प्रधानमन्त्री ओलीले राजीनामा दिँदै गर्दा नयाँ बन्ने सरकारलाई गरेका १३ प्रश्न यस्ता छन्, जसको जवाफ भर्खर प्रचण्डले दिए http://thahakhabar.com/news/1462

१३:२३

बजेट उल्लेख भएका सबै कार्यक्रम जारी राख्नेछौँः प्रचण्ड

१३:२१

तपाईँले बजेट नछुट्याइ गरेका पाइप लाइनका कुरा गरे पनि पानीजहाजका कुरा गरे पनि ती आकाशका तारा झार्ने कुरा हुन्। 

१३:२०

के हामी देश विकासको नयाँ राष्ट्रिय खाका कोर्न सक्छौँ? प्रचण्डको प्रश्न।

१३:१९

कृषि, पर्यटन, जलस्रोत हामीसँग सबै छ तर लाखौँ युवा कसरी विदेश पुगेका छन्? प्रचण्ड।

१३:१९

यो राजनीतिक नेतृत्व, अस्थितरताका कारण हो वा राजनीतिक नेतृत्वप्रतिको वितृष्णाका कारण हो? गम्भीर समीक्षा जरुरी छः प्रचण्ड

१३:१८

हामी यस्तो संस्कार र संस्कृतिको विकास हुने खतरामा छौँः हाम्रा ५० लाख युवा विदेशमा छन्। मेरो चिन्ता कहाँ छ भने हाम्रो जनशक्ति नेपालको विकास गर्ने कुरामा किन केन्द्रित भएको छैन? प्रचण्ड

१३:१७

नेपालीहरुमा सांस्कृतिक विचलन आउन थालेको हो कि जस्तो लागेको छः प्रचण्ड

१३:१७

प्रचण्ड ओलीलाई भन्छन्- बुझिने गरी सरल भाषामा भन्दिनुपर्‍यो प्रधानमन्त्री ज्यू। 

१३:१६

म प्रधानमन्त्री निर्वाचित भएँ भने तपाईँ पूर्व प्रधानमन्त्री हुनुहुनेछ। तपाईँले के सोच्नुभएको छ? कसरी बनाउने यी सबै योजनाहरु? स्रोत देखाइदिनुस्, म सबै योजना अघि बढाउँछु। ओलीलाई प्रचण्डको प्रश्न। 

१३:१५

प्रधानमन्त्रीजी बिलकुल चिन्ता नगर्नुहोला। राष्ट्र र जनताको हीतमा अगाडि बढाइएका सबै कुरा गरिनेछ, त्यहाँ राजनीति गरिनेछैन। प्रचण्ड।

 

१३:१५

नेपाल, भारत र चीनका बिचमा रणनीतिक साझेदारी गर्ने भनेर चीन भ्रमणमा जाँदा विषय उठाएको थिएँ। अहिलेको सरकारले गरेका कुराप्रति मैले गर्व गरेको छु। प्रचण्ड। 

१३:१३

केरुङ काठमाडौं रेलमार्ग के हुन्छ भनेर प्रधानमन्त्रीले सोध्नुभएको छ। त्यो ऋणले बन्छ कि अनुदानले? प्रचण्डले संसदमा ओलीलाई प्रश्न गरेका छन्। 

१३:१२

फास्ट ट्र्याक र हुलाकी राजमार्ग के गर्छौँ भन्नुभएको छ। हामी बनाउँछौँ प्रधानमन्त्री ज्यू। तपाईँको साथ चाहिएको छ। संसदमा बोल्दै प्रचण्ड।

१३:११

ऋण लिएर घिउ खाने अवस्थाको अन्त्य हामीले कहिले गर्ने हो? प्रचण्डको प्रश्न।

१३:११

विदेशबाट ऋण ल्याएर खर्च धान्नुपर्ने अवस्था बिडाम्बना हो कि होइन? प्रचण्डको प्रश्न।

१३:०९

अहिलेका सबै कुरा प्रधानमन्त्री ओलीले नै सुरु गरेजस्तो, उहाँ नभए सबै डुब्छन् जस्तो गरी भ्रम छरियोः प्रचण्ड

१३:०८

ती विकासका आयोजना यो सरकार आउनुअघि नै आएका हुन्। ती कुरालाई नयाँ सरकार र आउने सरकारहरुले अगाडि बढाउनेछन्। देशले अगाडि बढाइरहन्छ। म मेरोतर्फबाट पूर्ण प्रतिबद्धता गरेको छुः प्रचण्ड

१३:०७

हामी पनि ९ महिना सरकारमा थियौँ। ची र भारतसँग भएका सहमति सम्झौता र बजेटका विषयमा हाम्रो पनि भूमिका थियौँ। छैन भनियो भने त्यो झुट हुनेछः प्रचण्ड

१३:०६

प्रधानमन्त्री ओलीले केही विषयलाई प्रश्नका रुपमा राख्नुभएको छः प्रचण्ड

१३:०५

भर्खरै नेपाली कांग्रे, माओवादी, मधेसी मोर्चा र संघीय गठबन्धनबीच ३ बुँदे सहमति भएको छ, संविधानको सर्वस्वीकार्यता फराकिलो बनाउँदै लैजान सहमति भएको होः प्रचण्ड

१३:०४

म लडाइँको नेतृत्व गरेको सुप्रिम कमाण्डर पनि म हुँः प्रचण्ड। प्रचण्ड संसदमा आफ्नो मन्तव्य दिइरहेका छन्। 

१३:०३

म त्यस्तो स्वभाविक पात्र बन्न गएको छु, मधेसी, जनताति, थारु सबै उत्पीडित समुदायसँग छलफल गर्न सक्छ, मैले अतिरंजित गरेको होइन भन्ने मलाई लाग्छः प्रचण्ड

१३:०१

मधेस, थारु आदिवासीको मुद्दा सम्बोधन गर्न वार्तामार्फत नै गर्नुपर्छ, पुलको आवश्यकता छ, ध्रुवीकरणको होइनः प्रचण्ड

१३:००

हामी सबै नेपाल राष्ट्रपति बफादार छौँ भन्ने कुराको टेस्ट कसैलाई पनि गर्नुपर्दैन भन्ने मलाई लाग्छः प्रचण्ड

१२:५९

सरकार परिवर्तनको सामान्य प्रक्रियालाई षड्यन्त्रको रुपमा व्याख्या गरियोः प्रचण्ड

१२:५७

संविधान कार्यान्वयन, मधेसी जनजातिको मुद्दा सम्बोधन, भूकम्पपछिको पुनर्निर्माण, शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरु र विदेश नीतिसँग सम्बन्धित विषयमा अघिल्लो सरकारमा अन्तर देखापर्‍योः प्रचण्ड

१२:५६

समझदारी अनुसार पहिलेको सरकार जान नसक्दा नयाँ सरकार बनाउनुपर्ने अवस्था आइलागेको प्रचण्डको भनाई।

१२:५५

एउटा समझदारीमा टेकेर त्यो सरकार बनेको थियो, अहिले अर्को समझदारीमा टेकेर नयाँ सरकार बनाउने बाध्यता आइलाग्योः प्रचण्ड

१२:५५

एउटा मान्यतामा टेकेर सरकार बनेको थियो, ९ महिना काम गर्‍योः प्रचण्ड

१२:५४

म प्रधानमन्त्रीमा निर्वाचित भएँ भने मेरो तर्फबाट कुनै आग्रह पूर्वाग्रह बिना सबै दलसँग सहकार्य गर्ने र राष्ट्रका सबै समस्या समाधान गर्न पहल गर्ने विश्वास व्यक्त गर्छुः प्रचण्ड

१२:५३

एमालेले उम्मेदवारी नदिने तर विपक्षमा मत हाल्ने निर्णयलाई सकारात्मक लिएको छुः प्रचण्ड

१२:५२

तत्काल हामीले खोजेजस्तो राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकार बन्न सकेनः प्रचण्ड

१२:५१

संविधान बनाउने क्रममा पनि हामीले राष्ट्रिय एकतामा जोड दियौँः प्रचण्ड

१२:५०

प्रधानमन्त्रीको उम्मेदवारी दिँदा म धेरै खुसी र सन्तुष्ट हुन सकेको छैनः प्रचण्ड

१२:५०

संसदमा प्रचण्ड- मैले प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत गर्दैगर्दा देशका विभिन्न भागमा आएका बाढीपहिरोबाट ठूलो क्षति भएको छ। म मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न चाहन्छु।

१२:४८

संसद बैठकमा प्रधानमन्त्रीका एक्ला उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड बोल्दैछन्। 

१२:४२

कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच बैठक जारी छ। जसका कारण संसद बैठक बस्न ढलाइ भैरहेको थाहाखबर सम्वाददाता लिलाराज खनालले जनाएका छन्।

१२:२०

संसदको कार्यसूची यस्तो छ।

१२:१७

संसद भवन गाडीले भरीभराउ छ। सांसदहरु आइसकेका छन्। 

१२:०८

प्रधानमन्त्री ओलीले बालुवाटार छोड्नुअघि बालुवाटार हाताभित्र पिपलको बोट रोपेका थिए। बालुवाटार छोडेलगतै ओली संसद् बैठकमा भाग लिन नयाँबानेश्वर आएका छन्। 
 

१२:०५

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी धन्यवाद दिएका थिए।

१२:०३

यसैबीच राससका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन्। व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उनले बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन्।

११:५९

बैठकको सुरुमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन्।

११:५७

बिहान ११ बजे बस्ने भनिएको संसद बैठक अझै सुरु भएको छैन। सांसदहरु भवनमा जम्मा भएका छन्। 

११:५३
_clearLast_
११:५१

थाहाखबरको समाचार कक्षबाट संसद भवन यस्तो देखिन्छ।

११:४७

तीन बुँदे सहमति भएपछि तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लले भने- मोर्चाले प्रचण्डलाई भोट हाल्छ।

११:४६

प्रधानमन्त्रीको निर्वाचन केही बेरमा सुरु हुँदै, मधेसी मोर्चासँग तीन बुँदे सहमति।

११:३८

३९औं प्रधानमन्त्री चुन्दै नेपालः संसद भवनबाट LIVE UPDATE

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]