समाज

अनलाइनबाट फारम भर्ने भएपछि सरुवा माग्ने बढे

साउन १९, २०७३

    काठमाडौ : निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि सरुवा माग गर्ने कर्मचारी बढेका छन्। सरुवाको लागि काठमाडौं आउन नपर्ने घरबाट नै अनलाइनबाट निवेदन दिने व्यवस्था भएपछि सरुवा माग गर्ने कर्मचारी बढेका हुन्। 

    सामान्य प्रशासन मन्त्रालयकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपनि १५ दिनमा दुई हजार पाँच सय जनाले सरुवाका लागि निवेदन दिइसकेको जानकारी  दिइन्। ‘साउन मसान्तसम्म फारम भर्ने समय रहेकाले अझै बढ्ने छ’, उनले भनिन्– ‘सरुवाको माग अनुसार खाली ठाउँ भए सरुवा गरिनेछ।’

    मन्त्रालयले साउन ३ गतेबाट श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएको हो। अनलाइनमा निवेदन दिएकामध्ये सबैभन्दा बढी नायब सुब्बाका कर्मचारीले सरुवाका लागि निवेदन लिएका उपसचिव मुकेशकुमार केशरीले जानकारी दिए। 

    सरुवाका लागि नायब सुब्बा पाँच सय ८४, खरदार पाँच सय २०, अधिकृत एक सय ८२ र श्रेणी विहीन एक सय ३४ जनाले सरुवाका लागि अनलाइनमा निवेदन दिएका छन्। सबैभन्दा कम उपसचिव ४५ जनाले मात्र सरुवाका लागि निवेदन दिएका छन्। 

    मन्त्रालयले २४ घन्टा कर्मचारीलाई अनलाइनको फारम भर्ने व्यवस्था मिलाएको छ। प्रत्येक दिन १५० का दरले कर्मचारीले अनलाइनमा फारम भरेका छन्। फारम भरेपछि एसएमएसमार्फत सरुवाको निवेदन दर्ता भएको र दर्ता नम्बर कर्मचारीले पाउने छन्। 

    उपसचिव केशरीले २५ गतेपछि फारम हेरेर सरुवाका लागि प्रक्रिया थालनी गरिने जानकारी दिए। यसैगरी मन्त्रालयले हस्तलिखित रुपमा आएका फारमलाई पनि अनलाइनमा अद्यावधिक गर्ने गरेको छ। गतवर्ष मन्त्रालयले तीन हजार पाँच सय जनाको सरुवा गरिएको थियो। देशभरि ८३ हजार पाँच सय ७० निजामती कर्मचारी रहेका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]