राजनीति

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई भारत र चीनको बधाई, मोदीले दिए भारत भ्रमणको निम्तो

साउन १९, २०७३

    काठमाडौ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई दिएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरी भारतका प्रधानमन्त्री मोदीले भारतको पूर्ण साथ र सहयोग रहेको बताएको प्रचण्डका स्वकीय सचिव जोखबहादुर महराले थाहाखबरलाई बताए।

    प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणको निम्तो दिएको र प्रचण्डले मोदीलाई धन्यवाद दिएको जानकारी दिए। 

    त्यसैगरी चिनियाँ राजदूत वु चुन्ताई प्रधानमन्त्री प्रचण्ड निवास लाजिम्पाट पुगी बधाई दिएका छन्। प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार राजदूतले चुन्ताईले प्रचण्डलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिएका छन्। 

    भारतीय प्रधानमन्त्री मोदीले ट्‍विटमार्फत प्रचण्डलाई भारतको पूर्ण साथ र सहयोग रहने बचन दिएको जनाएका छन्। मोदीले भारत भ्रमणको निम्तो दिएको लेखेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]