स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर
बैतडी : बैतडीको डिलासैनी गाउँपालिकाको वडा नम्बर ७ मा वडा सदस्यका उम्मेदवार ७० वर्षीय बृद्धको मृत्यु भएको छ। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्यमा उम्मेदवारी दिएका गोविन्दसिंह कार्कीको मृत्यु भएको हो। उनले निर्वाचन अधिकृतको कार्यालय डिलाशैनीमा आइतबार दिउँसो ३ बजेर २० मिनेटमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत मोतीलाल शर्माले बताए।
उम्मेदवारी दर्ता गरेर आइतबार साँझ खाना खाएर सुतेका उनी विहान मृत अवस्थामा भेटिएका हुन्। दमका विरामी कार्कीको हृदयघातका कारण मृत्यू भएको उनको पारिवारजनले बताएको प्रहरीले जनाएको छ। प्रहरीले पोष्टमार्टमका लागि शव लिन खोज्दा परिवारका सदस्यले कालगतिकै कारण मृत्यु भएको भन्दै शवको पोष्टमाटम गर्न नदिएको जिल्ला प्रहरी कार्याल बैतडीले जनाएको छ। उनको सोमबार नै दाहसंस्कार गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।