सर्लाही : सर्लाहीमा रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ। एक गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्...
काठमाडौं : काठमाडौंकी सिर्जना सिंहका पतिको २०५९ सालमा सशस्त्र द्वन्द्वका क्रममा हत्या भयो। उनका पति न विद्रोही पक्षका थिए न राज्य पक्ष नै। पति मारिएपछि न्यायका लागि सिर्जना कहाँ पुगिनन्? तर अहिलेसम्म पनि न्याय पाउन नसकेकोमा दुःखी छन्। 'आयोग बनेर अहिलेसम्म के काम गर्यो? हाम्रा कति मुद्दाहरु फैसला भयो ? यौन हिंसामा परेका महिलाहरुको मुद्दा अहिलेसम्म खै कति सम्बोधन भयो?'
द्वन्द्वकालमा भएका हिंसाका घटनाका पीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भए पनि आफूहरुले न्याय पाएको अनुभूति हुने गरी काम हुन नसकेकोमा दुखेसो गरे।
रामेछापकी रिता कार्कीको श्रीमान नेपाली सेना थिए। द्वन्द्वकालमा २०५८ सालमा उनले ज्यान गुमाए। 'हाम्रो पीडा न त सरकारले हेर्यो न त आयोगले नै-रिताले भनिन, हामी पीडितहरु हिड्दा हिड्दा थाकिसक्यौं। तर हामीले अहिले न्याय पाउने?'
पीडितका मुद्दाहरु आयोगले उजुरी मात्रै लिने गरेको तर छिनोफानो नगरेको रिताले गुनासो गरिन्। 'हाम्रा श्रीमानले देशका लागि रगत बगाए। तर हामीलाई न त राज्यले केही राहत दियो न त शहिद घोषणा नै गर्यो' उनी भन्छिन्।
सोलुखुम्बुकी मिश्रादेवी कार्कीका पति प्रहरी थिए। २०५७ सालमा द्वन्द्वकैै क्रममा ज्यान गुमाए। पतिको मृत्युपछि जसोतसो जीवन काट्दै आएपनि उनलाई पति गुमाएको भन्दा पतिको हत्या गर्नेलाई कारबाहीको प्रक्रिया सुरु हुन नसकेकोमा पीडा भएको छ। 'अमर प्रहरी मेरा श्रीमानको हत्या हुँदा मेरो पेटमा ३ महिनाको बच्चा थियो। हामी जसोतसो पागल भएर पनि बाँच्दै आएका छौ-उनले भनिन्, 'अहिले बच्चा हुर्किसकेको छ। उजुरी हालियो तर खै अहिलेसम्म हामीले न्याय पाएको ? की सुरक्षाकर्मीको परिवारले न्याय पाउदैन?'
द्वन्द्व प्रभावित महिलाहरुको न्याय, सहभागिता र सशक्तिकरण विषयमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्ता धेरै पीडित महिलाहरुले आफ्नो कहानी सुनाए र द्वन्द्वकालीन घटनाको निरुपण गर्न गठित आयोगले न्यायको अनुभूति दिन नसकेकोमा चिन्ता जाहेर गरे।
उनीहरुले आयोगको भूमिकालाई समेत प्रश्न गरे। 'आयोगले पछिल्लो समय १ वर्षको अवधि थप गरेको छ। अब ८ महिना मात्र बाँकी भइरहदा अहिलेसम्म खास केही भएको देखिदैन' सिर्जनाले भनिन्, 'समय थोरै छ, बजेटको अभाव छ। यसबिचमा यति धेरै मुद्दाहरु कसरी सम्बोधन गर्नुहुन्छ?'
त्यस अवसरमा सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चलाकुमारी झाले आयोगमा आएका मुद्दाहरुको आयोगको क्षमताअनुसार समाधान गर्ने कोशिस गरिरहेको बताइन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।