विश्व

भारतको राष्ट्रपतिमा रामनाथ कोविदको चर्चा, को हुन् कोविद?

असार ५, २०७४

    भारतको नयाँ राष्ट्रपतिका लागि बिहार राज्यका गभर्नर रामनाथ कोविदलाई भारतीय जनता पार्टीले अगाडि सारेको छ। भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले कोविदलाई राष्ट्रपति बनाउने घोषणा गरेको बीबीसीले लेखेको छ।

    सोमबार भाजपाका अध्यक्ष अमित साहले दलित समुदायका कोविदलाई भारतीय राष्ट्रपतिको उम्मेदवार बनाउने घोषणा गरेका हुन्। कोविदलाई राष्ट्रपति बनाउनेबारे प्रतिपक्षी दल कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन सिंहलगायत अरू नेताहरूसँग कुराकानी गर्ने साहले बताएका छन्। उनले विपक्षी दलहरूलाई कोविदको नाममा आफ्नो धारणा राख्न आग्रह गरेका छन्।

    साहले २३ जुनमा कोविदले उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन्।

    रामनाथ कोविदलाई भाजपाले राष्ट्रपतिको उम्मेदवार बनाउने भएपछि उनी नै राष्ट्रपति बन्ने सम्भावना प्रबल बनेको छ। राष्ट्रपति पदमा विजय हासिल गर्न भाजपासँग थोरै मात्र संख्या कम थियो। भाजपाले कोविदको नाम अगाडि सारेपछि दलित भएको नाताले विपक्षी पनि उनको समर्थनमा मतदान गर्ने सम्भावना बढेको बताइएको छ।

    त्यस्तै, बिहारका मुख्यमन्त्री नीतिश कुमारको पार्टी जनता दल युनाइटेडले पनि उनलाई भोट दिने बताइएको छ। भाजपाका नेता भए पनि कोविद र मुख्यमन्त्री नीतिश कुमारबीच राम्रो सम्बन्ध भएको बताइएको छ।

    को हुन् रामनाथ कोविद?

    भारतीय राष्ट्रपतिको चर्चामा भाजपाका वरिष्ठ नेताहरू थिए। विगत दुई महिनादेखि उनीहरूको नाम राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा थियो। तर, सोमबार भाजपा अध्यक्ष अमित साहले रामनाथ कोविदको नाम घोषणा गरेपछि भारतमा कोविदको नामबारे चर्चा चुलिएको छ। खोज्न थालिएको छ- को हुन् रामनाथ कोविद?

    रामनाथ कोविद हाल बिहारका राज्यपाल हुन्। उनी १ अक्टोबर १९४५ मा उत्तर प्रदेशको कानपुरमा जन्मिएका थिए। उनले कानपुर युनिभर्सिटीबाट बीकम र एलएलबीको पढाइ पूरा गरेका छन्।

    कोविदले सरकारी वकिलका रूपमा दिल्ली हाइकोर्ट र सुप्रीम कोर्टमा काम गरेका छन्। उनले १६ वर्षसम्म वकिलका रूपमा काम गरेको बताइएको छ।

    सन् १९९४ मा उनी उत्तर प्रदेशबाट राज्यसभा सांसद निर्वाचित भएका थिए। उनी १२ वर्ष सांसद रहेका थिए। कोविद दलित समुदायका प्रतिनिधिका रूपमा परिचित अनुहार हुन्। उनले सांसद रहेका बेला दलित, महिला र जनजातिका मुद्दा उठाएका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]