स्थानीय निर्वाचन २०७४ : निर्वाचन खबर

मधेसमा एमाले सकियो भन्नेलाई असोजसम्म पर्खन ओलीले दिए चुनौती

असार ५, २०७४

    दमकः नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ मा एमाले सकियो भन्नेहरूलाई असोज २ गतेसम्म पर्खन चुनौती दिएका छन्।

    नेकपा एमाले कन्काई नगर समितिले सोमबार झापाको सुरुङ्गामा आयोजना गरेको चुनावी घोषणापत्र सार्वजनिक तथा चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई सकियो भन्नेलाई प्रदेश नम्बर २ मा हुने निर्वाचनसम्म कुर्न आग्रह गरेका हुन्। उनले भने, ‘साथीहरूले मधेसमा एमाले बढारियो भनेका छन्, असोज दुई गतेसम्म उहाँहरूलाई पर्खन आग्रह गर्छु, त्यतिबेला थाहा हुनेछ– कुच्चो कसको हातमा छ भनेर।’

    उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनले नै एमाले पहिलो पर्टी हुनबाट नरोक्ने भन्ने देखिएको उनले बताए। उनले भने, ‘अरू कुरा मात्र गर्छन्, हामी काम गरेर देखाउछौँ, त्यसैले हामीलाई जनताले विश्वास गरेर जिताएका हुन्।’

    पहिलो चरणको निर्वाचनमा केही दलहरूले लोकतन्त्रलाई नमानेको भन्दै उनले एमालेले जहिले लोकतन्त्रलाई आत्मसात गरिरहने बताए। ‘एमालेले लामो संघर्ष गरेर देशमा लोकतन्त्र ल्याएको छ, निरंकुश राजतन्त्र अन्त्य गरेको छ, त्यसैले हामीलाई लोकतन्त्रको मया छ’, उनले भने, ‘त्यसैले हामी सधैँ लोकतन्त्रलाई सम्मान गर्छौँ।’

    अब हुने निर्वाचनमा एमालेले बहुमत ल्याउने उनले दाबी गरे। उनले भने, ‘पश्चिम हाम्रो पछि संगठन पुगेको क्षेत्र हो, पूर्व भनेको हाम्रो उद्गमस्थल हो, पश्चिममा त हामी पहिलो भयौँ, अब हामी पूर्वमा बहुमत प्राप्त गर्छौँ।’ उनले एमालेबाट जितेका प्रतिनिधिले जनताको काम गर्ने बताए। आफूहरू जनताको काम गर्न आएकाले एमालेले जनताले जिताएका एमालेका प्रतिनिधिले सधैँ जनताको पक्षमा काम गर्ने दाबीसमेत गरे।

    फरक प्रसंगमा उनले आफू हार्ने डरले सरकारमा रहेका दलहरूले पटक पटक निर्वाचन सार्न खोजिरहेको आरोप लगाए। उनले भने, ‘पहिलो चरणको निर्वाचनको परिणामले हामीसँग धेरै साथीहरू डराउनुभएको छ, त्यसैले निर्वाचन पटक पटक सार्न खोज्नुहुन्छ।’

    उनले आउँदो माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न सरकारलाई निरन्तर दवाब दिइरहेको समेत बताए। 

    आजै गृहजिल्ला झापा आइपुगेका ओली केही दिनसम्म झापामा रहनेछन्। झापामा हुने विभिन्न चुनावीसभाहरूलाई उनले संबोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

चिरञ्जिबी घिमिरे

घिमिरे थाहाखबरमा ०७५ माघसम्म कार्यरत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]